607 views 0 secs 0 comments

कैलाली १ : प्रहरीको फरार सूचीमा रहेका चौधरी पाँच गुणाले अगाडि

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १२:५६
Nepal Live

कैलाली– कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले पाँच गुणाले अग्रता लिएका छन्। प्रहरीको फरार सूचीमा रहेका चौधरीले ११ हजार ८३४ मतका साथ अग्रतालाई यथावत राखेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले २ हजार ३३६ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले २ हजार ४४ मत प्राप्त गरेकी छन् ।

भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए । स्थानीय प्रशासनले उनीमाथि टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो ।