
मोरङमा टिपरको ठक्करबाट मंगलबार एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डल रहेकी छन् ।
डुम्राहाको भित्री सडकमा हिँडिरहेकी बालिका मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ।
बालिकालाई ठक्करदिने टिपरका चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।