422 views 0 secs 0 comments

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक महिलाको शव फेला…

In समाज
२७ माघ २०७६, सोमबार १३:४३

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो ।
पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना स्थलमा फेला परेको ईप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।महिलाको शव सडेका कारण पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भीम अस्पताल पठाइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताए ।