
गर्भाशय : एक छोरिको कथा…
गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका छन।
ती आमाबुबालाई थाहा होला या नहोला
तर उ गर्वमा भित्र-भित्रै आफ्नो संसार देखिरहेकी हुन्छिन!
संसार स्वार्थी र गलत कहिल्यै हुँनै सक्दैन
आमाको गर्वमा छोरी भए, गर्व तुहाएर,
छोरिको मृत्युु गर्ने,
आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?
यो एउटा कथा हो जुन वास्तविक छ ।
कसैको हैन धेरैको जीवनसंग मेल खाने छ,
यो संयोग हैन,
किनभने मैले जे लेखे धेरै छोरिहरुले भोगिसकेका छन् ।
यो एउटा आमाबुबाको निर्णयले हत्या भएकि छोरिको कथा हो,
वेदनाको कविता हो!
उ आमाको गर्भाशयमा रगतको ढिक्को बनेकी छिन,
संसार उनिले पनि देखेकी छिन,
गर्व भित्र भएकी छोरिको भावना कहिल्यै कसैले सुन्दैनन र बुझ्दैनन पनि,
उनका आवाज गर्व भित्रै गुम्सिएका छन्,
आवाज अरुलाई सुनाउन पनि त सक्दैनन हैन र ?
आज म मेरो कथालाई एउटा बेनामा अभिब्यक्ति दिइरहेको छु, आज म लेख्दै एउटा गर्भाशयमा मृत्यु गर्ने हत्यारा आमाबुबा र तिनै मृतक छोरिको कथा!
जसले एउटा छोरिलाई गर्वबाट तुहाएको छ,
घृणा गरेको छ,
हत्या गरेको छ,
म को हुँ त्यसतर्फ नखोज्नु होला!
म तपाइकै छोरा जस्तै,
आमा जस्तै,
दाजुभाइ, दिदीबहिनी जस्तै,
अनि साथी जस्तै,
एकजना कथा लेखक पात्र हु,
या सुत्रधार,
जे भन्ने मन छ भन्नुहोस!
कथा सुरु परिवारबाटै हुन्छ
एउटा सानो खुसी अनि सुखी परिवार थियो
एक दिन एका बिहानै,
अचानक आमालाई बिरामी भयो
तुरुन्तै बाबाले हस्पिटल लग्नु भयो!
ईमर्जेन्सी भर्ना गर्नु भयो,
बाबा निरास हुदैन बस्नु भएको थियो
केही समय पछि अपरचित आवाज सुनियो,
“बधाइ” छ तपाईंहरु आमाबाबु बन्दै हुनुहुन्छ,
सायद त्यो क्षेण आमाबुबा निकै खुसी थिए,
बाबाले आमाको पेटमा चुम्बन गर्नु भयो,
यी सबै कुरा सुनिरहेकी थिईन गर्व भित्रकी छोरी
धेरै कुरा सुन्न अनि महसुस गर्न भैसकेकी थिइन
बिस्तारै छोरिको स्वरुप बिकसित हुँदै गयो
यो सुन्दर संसार हेर्न,
आमाको न्यानो काखमा खेल्न रहर जाग्न थाल्यो
सुन्दर संसार हेर्न आतुर थिइन,
धेरै समय पछि
एक दिन आमाले पेट सुम्सुम्याउदै बाबालाई सोध्नु भयो?
तपाईं के चाहानु हुन्छ?
#छोरा, #छोरी?
बाबाले जवाफ दिए
छोरा चाहिन्छ….