
८ मंसिर, काठमाडौँ।
मुस्ताङमा पाँच दिनदेखि बेपत्ता भएका दुई जना पर्यटकको उद्धार गरिएको छ । लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीस्थित घार गुम्बा क्षेत्रबाट हराएका ४ जनाको मुस्ताङ प्रहरीले उद्धार गरेको हो ।
उनीहरुलाई गाइड पेम्बा शेर्पाले बोकेको मोबाइलको लोकेशनका आधारमा उद्धार गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
इटालियन नागरिक ४५ वर्षकी एरिआना रेजिस र स्वीस नागरिक ५५ वर्षका मार्को गाजोलासहित गाइडहरु पेम्बा र नांखा शेर्पा हराएका थिए । उनीहरु ट्रेकिङ गर्दै त्यहाँ पुगेका हुन् ।