
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो । कच्ची सडकमा अचानक अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।