578 views 0 secs 0 comments

कञ्चनपुर प्रशासन कार्यालयमा धर्ना बस्ने ८ अधिकारकर्मी पक्राउ…

In समाज
२८ माघ २०७६, मंगलवार १६:४४

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले पक्राउ गरेको बताए ।