
पर्सामा पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ । विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा आगलागी भएको हो ।
स्थानीय लालझडी देवीले सञ्चालन गरेको पोल्टी फार्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ । सोमबार साँझ साढे ६ बजेतिर आगलागी हुँदा पोल्टी फार्ममा राखिएको ग्यास सिलिण्डर ३ थान, दाना खाने फिडर सानो ४० थान, ठूलो ४० थान, कुखुराले पानी खाने भाँडो सानो ३० थान, ठूलो ३० थान, १ दिने चल्ला १२ सय, २५ दिने कुखुरा ९ सय, दाना २० बोरा १० क्विन्टल , सिलिङ पङ्खा १८ वटा र मिटर बक्स १ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।