
२२ मंसिर, काठमाडौँ।
काठमाडौंमा इजाजत प्राप्त हतियार नै चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त कालिमाटीले तीन जनालाई हतियार चोरी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
सुनसरी घर काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रे घर भई ललितपुरको इमाडोल बस्ने २७ वर्षीया काजलकुमारी भुजेल पक्राउ परेका छन्।
उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने ७४ वर्षीया पुष्पा जोशीको घरबाट हतियारहरू चोरी गरेको आरोप छ।
यसरी अज्ञात समूहले चोरी गरेर लगेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले चोरीमा संलग्नहरूलाई बिहीबार पक्राउ गरेको हो।