38 views 0 secs 0 comments

फुङ्लिङमा आगलागी, ५ लाख बराबर क्षति

In देश, समाज
२३ मंसिर २०८०, शनिबार १०:१३

२३ मंसिर, काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।