14 views 0 secs 0 comments

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : ऊर्जामन्त्री

In देश, समाज
२३ मंसिर २०८०, शनिबार १८:२८

बेनी ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए ।

अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उनले बताए । नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।