521 views 0 secs 0 comments

त्रिशूलीमा बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो

In देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:३६

चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।

बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट बुधबार बिहान सवा ९ बजे त्रिशूली नदीमा खसेको हो। बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेहरूमध्ये १६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनालार्इ हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

त्रिशूलीमा डुबेको बस भेटिएको छैन। सशस्त्र प्रहरीको गोताखोर टोलीले बस खोजिरहेको छ। दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ।