743 views 0 secs 0 comments

अख्तियार दुरूपयोग, भारतीय अनुमतिपत्रलाई नेपालीकरण गर्ने अधिकृतसहित चार जनाविरूद्ध मुद्दा

In देश
८ आश्विन २०७६, बुधबार १५:४९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ।

शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
अधिकारीले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि कार्यालयमा निवेदन दिएका थिए।
‘मोटो रकम लेनदेन गरी नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गर्ने कसूर गरेको प्रमाणित भयो,’ अख्तियारले भनेको छ।