
गुल्मी , सुरज पान्डे-
कोरोना महामारि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढै गएपछि सो रोकथामको लागि धुर्कोट गाउपालिका वडा न ०५ बस्तुको बिपत व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज भण्डारिको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णयहरु गर्यो ।
१. वडा न ०५ बस्तु भित्रका सम्पुर्ण विध्यालयलाई क्वारेन्टाईनको रुपमा तोक्ने निर्णय गरेको छ ।
२. भारत लगायत तेस्रो मुलुक बाट आउने जो कोहिलाइ पनि अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्ने
३. नेपाल भित्र सङ्क्रमित जिल्लाबाट आउने व्यक्तिले २४ घण्टा भित्रको PCR रिपोर्ट लिएर मात्र आइ अनिवार्य होम क्वारेन्टाईनमा बस्नुपर्ने
४. PCR रिपोर्ट बिना आएमा अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्ने,
जस्ता थप निर्णयहरु गरेको छ । साथै नजिकिदै गरेको चार्डपर्बहरुलाई मध्यनजर गरि सुरक्षाका मापदण्डहरु अपनाउनको लागि जनचेतना फैलाउने जस्ता कार्यहरु गर्न काे लागि विभिन्नद टोल टोलमा समितिहरु गठन गरियो । जसमा धुर्कोट गा पा वडा न ०५ का वडा सदस्यहरु, रेडक्रस प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, छल्दि युवा क्लवका प्रतिनिधि, विभिन्न विध्यालयका प्र अ तथा वि व्य स प्रतिनिधिहरु, समाजसेवि तथा बुद्धिजिविको उपस्थिति रहेको थियो ।