2336 views 0 secs 0 comments

राष्ट्रवादी विधार्थाी संघद्वारा : निर्मला हत्याकाण्ड छानविनको माग गर्दै गृहमन्त्रीलाइ एक लाख हस्ताक्षर…

In देश, समाज, स्वास्थ्य/जीवनशैली
४ आश्विन २०७५, बिहीबार २०:४०

बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याउन दबाद दिने उद्देश्यले राष्ट्रवादी विधार्थी संघका उपाध्यक्ष ज्ञान देव विष्टको नेतृत्व र खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष शिशिर भट्टको विशेष उपस्थितीमा गएको विधार्थीको टोलीले उक्त हस्ताक्षर मन्त्री थापालाई बुझाएको हो ।
राष्ट्रवादी विधार्थी संघको अगुवाईमा काठमाडौका विभिन्न स्कुल र कलेजवाट हजारौ विधार्थीको उत्साहजनक सक्रियतामा उक्त हस्ताक्षर संकलन गरिएको थियो । जसमध्य आर.आर क्याम्पस, त्रि चन्द्र क्याम्पस, नेपाल ल क्याम्पस, त्रि पद्म मा वि , जनसेवा मा वि, रत्न राज्य मा वि, शिवपुरी मा वि, ज्ञानोदय मा वि , परोपकार मा वि, टंगाल मा वि लगाएतका ३ सय भन्दा बढी स्कुल समावेश भएका थिए ।

“अहिले शान्तिपूर्ण रुपमा १ लाख मात्र हस्ताक्षर बुझाएता पनि समयमै दोसीलाई कानुनको दायरामा नल्याय करोडौ जनताकोे भावनालाई कदर गर्दै करोडौ जनतालाई नै सडकमा उर्तार्ने दिन नआउला भन्न पनि सकिदैन” भन्दै विधार्थी महासचिव नरदेव न्यौपानेले संदेश नेपाल मार्फत सरकारलाई कडा चुनौती दिएका छन ।
“माटो सुहाउदो शिक्षा , आजको आवश्यक्ता र सबै नेपालीलाई देशमै रोजगारी न्यूनतम मासिक तलब ३० हजार, शिक्षा श्वास्थ्य निशुल्क” भन्ने मुल नारा बोकेको राष्ट्रवादी विधार्थाी संघ अहिले मुलुककै सबैभन्दा शक्तिशाली विधार्थी संगठन हो । काठमाडौका सबै स्कूल र क्याम्पसमा आपm्नो बलियो पकड कायम गरेको यो संगठनले अहिले देशै भरी संगठन विस्तार गरिरहेको राष्ट्रवादी विधार्थाी संघका अध्यक्ष तारा प्रसाद अर्यालले संदेश नेपाललाई जानकारी दिएका छन् ।