13 views 0 secs 0 comments

एन्फामा फर्किए संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर

In देश, समाज
३० मंसिर २०८०, शनिबार १२:११

३० मंसिर, काठमाडौं । संकटा क्लबका अध्यक्ष तथा एन्फा पूर्वमहासचिव इन्द्रमान तुलाधर फेरि एन्फामा फर्किएका छन् ।

एन्फाका पदाधिकारीसँग संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनले एन्फालाई सहयोग गर्ने बताएका छन् ।

नेपाली फुटबलमा आफूहरू सबै मिलेर अघि बढेको भन्दै तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सहयोग गर्ने बताए ।
हेटौंडा साधारणसभापछि नै कुराकानी चलिरहेको बताउँदै उनले अहिले वातावरण मिलेपछि संयुक्तरुपमा पत्रकार सम्मेलन गरेको बताए ।