वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु…

In स्वास्थ्य/जीवनशैली
३ भाद्र २०७७, बुधबार १५:३८

भाद्न ३ वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
वीर्ताका ८४ वर्षीय पुरुषको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए। निमोनियाले ग्रस्त ८४ वर्षीय ती बृद्धलाई साउन २७ गते गण्डक स्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएको हो। उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
नारायणी अस्पालको प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पीसीआर जाँच गर्दा नतिजा पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।