
मदाने २ बाँझकटेरिको सोइरे ढिकमा करेन्ट लागेर मदाने १ अग्लुङका करिव १८ बर्षिय युवकको मृत्यु भएको छ । उक्त स्थान मा आहिले पूर्कोटदहबाट प्रहरी टोली पुग्दै छ थप जानकारी आउन बाँकी रहेको ले घटनाको पूरा विवरण आएको छैन । स्थानीय यमलाल भुसालका अनुसार भैंसी चराउन आएका ३/४ जना युवकहरु रहेको र एकजना बिजुली को पोलमा करेन्ट लागेर मरेको भन्ने खबर आएको छ ।
थप जानकारीको लागि सन्देश नेपाल सँगै रहनु होला 🙏
यो भर्खर प्रहरी पुगे पछि को अपडेट हो :
आफैले ओढेको छाता बाट नजिकै रहेको नाङ्गो तार छुँदा करेन्ट लागेको स्पष्ट कुरा पुकोर्टदह बाट खटिएको प्रहरीले जानकारी दिनु भएको छ ।
मृत्यु हुनेमा ओख्लेका १८ वर्षीय युवा बोम बहादुर राउत रहेका छन् ।