
कमल भुसाल काठमाण्डौं जेठ ११ ।
नेपाली गीत संगीतको क्षेत्रमा होस या चलचित्र होस क्षेत्र होस कमल जि .सि. को नाम चिरपरीचित नाम हो । कुनै बेला गीत संगीतमा काले दाइ भनेर चिनिने कमल जि.सि. । “भन्ने गर्थे बा ले ए काले काले एइ कालेलाई कोइ कोइ ले मन पराउन थाले”. बोलको लोक दोहोरी गीत बाट आफ्नो नाम बजारमा पस्कियएका कमल लाई हामिले नजिक बाट चिन्दा उनि बस कलाकार मात्र नभैइ नेपाल कै ठुलो इभेन्ट अर्गनाइजर ( कार्यक्रम आयोजक ) रुपमा पनि स्थापित छ्न। नेपाल को सबै भन्दा पुरानो अनि ठुलो नेफ्टा अवार्डस कमल जिसी ले नेपाल मै पहिलो पटक टुडिखेल मा गर्न खोज्नु यो हामी सबै सिनेकर्मी को लागी अवसर को कुरा पनि थियो ४२ बिधामा बितरण गरिने यो अवार्डस भने बिगत मा बिदेस तिर हुँदै आएको कुरा कमल जिसी ले जानकारी दिए १० औ अवार्डस नेपाल मा अनि ११ बिदेश मा गर्ने योजना बनाएका कमल बताउछन। नराम्रो सँग डुबियो यो कोरोना को कारण डुब्नु त ठिकै छ भन्दै कमल जिसी हाल भने हामी यो महामारी बाट जोगिन सम्पूर्ण नेपाली लाई आग्रह समेत गरेका छन करिब १ करोड ३५ लाख मा सम्पन्न हुन लागेको यो अवार्ड्स यहि महिनाको २२ गते आयोजना गरिएको थियो भने कार्यक्रम को पूर्ण तयारी हुनै लाग्दा महमारी फैलियो भनेर दुखेसो ब्याक्त समेत गरे हेर्नुहोस डेलिअन्लाईन मिडिया सँग आज को कुराकानी ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
होम क्वारेन्टाइनमा छु । सन्सार भर फैलिरहेको महामारी कोरोना भाइरसको कारण धेरै कार्यक्रमहरु रोकिएको हुँदा पुस्तक पड्छु, मुभी हेर्छु मामुलाई खाना बनाउन सहयोग गर्छु अनि म सँग काम गर्नुहुने एजेन्सी हरु सँग च्याट गर्दै अनि साथिहरुसँग गेम खेल्यो बस्यो यस्तै छ
हजुरले गीत संगीत लाई माया मारेकै होत ?
गीत संगीतलाई माया मारेर कहाँ जानु र ! साङ्गितिक क्षेत्र बाटै बाचेको छु अनि बचाएको छु । गीत गाउने अनि चलचित्रमा नाच्नेहरुलाई बोक्यो हिन्यो ! कैले पूर्व कैले पश्चिम खास गरी घुमेरै जिन्दगी बितिरहेछ्, बित्ने छ । ए साची हजुरले गीत संगीत लाई माया मारेको कुरा गर्नु भयो तर म कम्ब्याक हुँदैछु नयाँ रुपमा । ( हास्दै )
हाल सम्म यहाले कती गीतहरुमा सब्द संगीत गर्नु भयो र स्व्देस तथा बिदेशमा कती जती कार्यक्रम गर्नु भयो होला ? समग्र मा नेपाल को गीत र कार्यक्रम को अवस्था बारे ब ताइ दिनु हुन्छ कि ?
मैले आधुनिक गीत , लोक गीत तथा पप गीत मा गरी सय भन्दा बढीमा शब्द संगीत गरे भने २०० भन्दा बढी कार्यक्रम गरे होला । हामी पर्दा पछी को कलाकार भन्दाअ पनि सर्जक हो गीत लेखेरै परिवार लाई खुशी दिन्छु भन्ने त संगीतप्रेमी पागल हो हद सम्म यो दुनियामा आइसकेपछी टिक्नु ठुलो कुरा हो । नाम छ दाम छैन हजुर ! सिस्टम छैन सिस्टम नहुँदा अन्धधुन्द छ अब कार्यक्रम को कुरा गर्नु पर्दा हाम्रो देसका कलाकार हरुलाई इभेन्ट भन्ने नै थाहा छैन पैहिलो कुरा बुजाउन गाह्रो बुजे पनि नबुजेजस्तो गर्ने बानिले हामी आयोजक पनि अलमल छौ । अर्को कुरा हाल को माहोलमा कार्यक्रम गर्न गाह्रो छ तर रक कन्सोर्टहरु चाही सजिलो छ पैसा पनि छ इज्ज त पनी छ इभेन्ट अर्गनाइजर लाई । हाल सम्म त बिदेसमा कुनै कार्यक्रम गरेको छैन अब मेरो भाबी योजना बिदेस मा रहने नेपाली दाजु भाई सँग मिलेर धेरै भन्दा धेरै काम गर्ने योजना बनाएको छु
मेला महोत्सब गर्ने मान्छे एकासी चलचित्र क्षेत्रको सबै भन्दा ठुलो नेफ्टा अवार्ड्स तथा नेपाल ठुलाठुला ब्यान्ड सँग कसरी पुग्नु भयो यो पनी दर्शकालाई खुलाईदिनुस न ?
मेरो सङ्घर्स अनि काम प्रती को लगाव बजारमा एजेन्सी हरुको बिस्वास जितेपछी मेला महोत्सब छोडियो यो सब हजुर हरुको माया र सहयोग ले गर्दा स्टेप बाइ स्टेप गर्दै यहाँअ सम्म आएको छु अर्को कुरा म कर्ममा बिस्वास गर्दछु ।
कहिले काही कार्यक्रम गर्ने हरुलाई कलाकारहरु बाट आरोप लगाइन्छ नि ! यो बारेमा के भन्नु हुन्छ ?
स्व भाबिक हो काम गर्दै जादा कैले राम्रो कैले नराम्रो हुन्छ तर मैले भने हल्का रुप मा नै लिन्छु मन मिल्ने हरु म सँग काम गर्नु हुन्छ नमिल्ने हरु जानु हुन्छ मलाई य स्तो कुरा ले फरक पार्दैन भन्ने ले जे सुकै भनुन । म मेरो काम मा झुकाब राखेकै कारण आज य हा छु म कसैको पछी दोउडिन्न ।
गीत संगीत मा पूर्ण बिराम लाउदै गर्दा कार्यक्रम बाट कती कमाउनु भयो ?
मलाई पुग्ने जती कमाइ सकेको छु अब नेपाली गीत संगीतलाई सन्सार भर पुराउने धोका छ यो पुरा होला या नहोला तर कोसिस चाही गर्ने छु …