700 views 0 secs 0 comments

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन: खनाल

In देश, बिचार, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार ११:०६

 

पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।

इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम गठबन्धनबाट अब पार्टी एकता हुने र यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए। पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप नेता खनालले लगाए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै उहाँले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने विचार व्यक्त गर्नुभयो ।

जनताले चाहेजस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने दाबी गरे।