470 views 0 secs 0 comments

चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि ५ दिन सिरहाका सबै विद्यालयमा बिदा…

In देश
१३ पुष २०७६, आईतवार १२:४०

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि ५ दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए ।