1035 views 10 secs 0 comments

आगोसङ्ग खेल्ने र अरिङ्गाल्को गोलामा ढुङ्गाहान्ने भारतीयहरुले यी १२ सुत्र अध्ययन गरेर अगाडि बढ्नु …

In बिचार
१४ जेष्ठ २०७७, बुधबार १५:५८

जेठ १४ काठमाण्डौं ,
✍?✍?✍?लालमणि भुसाल “अविलासी”
कालापानी,नालापानी र नेपाल बुझ्ने १२ सुत्र !
आगोसङ्ग खेल्ने र अरिङ्गाल्को गोलामा ढुङ्गाहान्ने भारतीय महाजनहरुले यी १२ सुत्र राम्ररी अध्ययन मनन गरेर थप अगाडि बढे राम्रो हुनेछ।
नेपाल र हामी नेपालीहरू विश्वमा कम्तिमा पनि एकदर्जनभन्दा बढी उच्च विशेषताबाट परिचित र सम्मानित छौं। ति विशेषता राम्रोसंग बुझ्ने र मनन गर्नेले बल्ल बुझ्दछ नेपाल के हो र नेपाली को हो।नलापानीको लडाई र कालापानीको अतिक्रमण लगाएत सबैको हेक्का राखेर चल्न छिमेकि ब्रह्मलुटेराहरु र नेपालिहरुलाई निरिह ठान्ने संसारका जो कोहीलाई आवस्यक छ। इतिहास र ब्रतमानका हाम्रा सत्गुण र त्यागलाइ बुझेपछि बल्ल आजको वर्तमानको संकटको निवारण र भविस्यको निर्क्योल गर्न सक्ने थोरै क्षमता पलाउन सक्छ ति बुझपचाउवा सपेराहरुलाई।त्यसैले सबैले देखे बुझेकै कुरा पुन:स्मरणगराउन तिनका अनुहारमा ऐना र घाँटीमा घन्टी झुण्ड्यउन्दै ति मुख्य १२ सुत्र-मन्त्रहरु प्रस्तुत गर्नु वान्छनीय छ। जुन यसप्रकार छन् :–
नं १, हामी कसैको पेवा,दातव्य,दया,दान वा जी-हजुरीको भिख बाट होइन।आफ्नै बहादुरी,कला-कौशल, उच्च मनोबल,आँट,शिप, त्याग र बलिदानीबाट आज विश्वको एकमात्र स्वतन्त्र र स्वाभिमान देश र त्योदेशका देशभक्त बहादुर शन्तति बन्नसकेकाहौँ।
नं २, हामी अरुको स्वतन्त्रता र स्वाधिनतालाई हनन र हरण गर्नु पाप र विनासको बाटो मान्दछौं। त्यसैले सदा-सर्वदा उच्चशम्मान गर्दछौं। तर आफ्नो व्यक्तिगत,सामाजिक वा राष्ट्रिय स्वतन्त्रता र स्वाधिनतालाई खोस्न,धुमिल पार्न वा हरणगर्न खोज्ने जो कोहि व्यक्ति,वा तेस्तो देश होस्, त्यसका बिरुद्ध
@@##हामी सबै नेपालीको शरीरमा एक कर्ण रगत र एक औंश प्राण रहुञ्जेल शत्तुरको सम्भार र समाधि नगर्दा शम्म लडिरहन्छौं र जिती छाड्छौं@@##। थोरै इतिहासको ज्ञान र शन्ततिको भलो सोच्ने संसारको कसैले हाम्रो देश र हाम्रा विरुद्ध त्यो कुचेष्टा नगरोस् जहाँ बाट आफ्नै निर्लज्ज हार र सर्वस्व विनास हुन्छ।
नं ३, हामी सदा अरुप्रति सहिष्णु र सम्मानभाव राख्दछौं। नजानी आजका नेपाली राजनेता भन्नेले इतिहासको विराशतलाई धोती लगाएर धर्म-निरपेक्ष्य राज्य घोषणा गरे। ता पनि हिजो सनातन हिन्दु राज्य छँदा होस् वा भोल- सबै धर्म,आस्था,जात-भात,भाषा,भेष, रिति-रिवाज,परम्परा र संस्कृतिको सनातन र स्वतन्त्र न्यायानुभुति सहित गतिविधि,सम्मान र सुरक्ष्या भएको र हुने नमुना देश नेपाल हो।
नं ४, हामी संसारमा सबैभन्दा बढी संयमित र सहनशील हौँ। र आज सम्म पनि छौं। हामीलाई विश्वका १४ मद्धे आठ ओटा उच्च हिमालय चुचुरा र सर्वोच्चशिखर सगरमाथाको हावा र गौतमबुद्धको दर्शनले यो पाठ सिकाएको छ। : सित्तै हामी युद्ध र दुश्मनी जोकसैसङ्ग गर्दैनौ र गरे हार्दैनौँ। लड्नै परेमा मातृभूमि र सन्ततिहरुको रक्ष्यार्रथ बैरीलाई सिद्ध्याउनु र आवस्यक परे आफैंलाई बलि दिनु हाम्रो लोगो हो।
नं ५, यति सानो मुलुकमा यति धेरै भाषा,धर्म र शंस्कृति भएको र यति आत्मियता सहित सामाजिक जीवनयापन गरिरहेको नेपाल विश्व संस्कृतिको नमुना हो र सबैकोलागि अनुकरणीय देश हो।
नं ६, यति थोरै क्षत्रफलमा यति धेरै जातजाति भएको देश पनि नेपाल हो। मेची देखि महाकाली र हिमाल देखि तराई सम्म हुँदै विश्वको कुना काप्चासम्म छरिएर रहेका आम नेपालीहरुको जात-भात र गोत्र बहुशंख्यक र उदाहरणीय छ। विपदको बेलामा हामी माहुरी र कमिलाजस्तै एकभएर बैरिका विरुद्ध खानिन्छौँ र आफ्नो र मातृभूमिको रक्ष्यार्थ निशंकोच जीवनआहुति दिन्छौं।संसारको त्यो इज्जत, विरासत, इतिहास र वर्तमानको प्रमाण हामी केवल हौँ।
नं ७, हावा-पानी। मुख्य रुपमा जाडो र गर्मी नामका दुई मौसम बाट परिचित नेपालको हावा-पानी नै यो देश र देशवासीको जीवनको ,प्रगति,आत्मा-शान्ती ,सुरक्ष्या र गौरवको अमुल्य निधि अर्थात शम्पति हो। जो संसारमा कहीं पाईंदैन। हाम्रो देशमा जुनसुकै मौशममा जुनसुकै भूगोलमा सामान्य जीवन यापन र क्रियाकलाप गर्न शक्दछौँ।
नं ८, चमत्कारी प्रकृति र संरचना भएको देश नेपाल हो। एउटा सानो ओडा वा गाउँ (थोरै भौगोलिक क्षत्र) भित्रै कतै बढी होला तर प्राय:५,६,प्रकारको जलवायु (फरकखालको हावापानी) पाइन्छ। तेइअनुसारको खेति-बाली जीवनचर्या र सम्पदाको वृद्धि विकाश र तेज उन्नति र प्राकृतिक चमत्कार देख्न र भोग्न पाइन्छ। जुन संसारमा अन्यत्र नि:सुल्कत के किनेर पनि पाइन्न।
नं ९, सत्धर्म,देवी-देवीदेवता र आफ्नो कुल-पितृहरु वा मिर्तात्मा (भूतप्रेत) आदिलाई प्राय सबै देशमा र सबै जातिमा थोरै धेरैमान्ने गरिन्छ। तर नेपाललाई समग्र विश्वले मन्दिरै मन्दिरको देश भनेर चिन्छ। हुन पनि संसारका सबै आस्थावान मानवजातिले आदिमकालदेखि मान्दै आएका सर्व-शक्तिमान
भगवान शिव र सबै देवीदेवताहरुको जन्म,वासस्थान र खेल मैदान नेपालमै नै हो। सबै नेपालीहरुले कुनै न कुनै देवी देवता मानेकै हुन्छौं। हामि नेपाली र हाम्रो देश वा विश्वमा कुनै संकट आइपर्ने वाला छ भने नेपालीहरु प्रायले सपना देख्छौं।
@हामी नेपाली र हाम्रो मातृभूमिलाई अनाखमा दाहा गर्ने,दुख दिने,छलकपट-जालझेलमा फसाउने लुट,अपहरण वा स्वतन्त्रता हरणगर्ने जो कोहि व्यक्ति समुदाय वा देश त्यो स्वोयम सर्वनासको बाटोमा जान्छ@।त्यसैले हामी शक्तिका पुजारी र धर्मादेशका पालक हौँ। हामी र हाम्रो देश यति शक्तिसाली स्वतन्त्र र स्वाभिमान हुनमा देवत्व र पित्रित्त्व दुवै हात र सत् छ।यस्तो शक्ति र शत् अन्यत्र कहीं छैन।
नं १०, सम्पदाका धनीछौं। हामी र हाम्रो कला र शम्पदा आजको र कसैबाट सिकेर र देखाबटी नक्कलबाट सुसोभित होइन। संसारले हामीबाट सिकेका कैंयौं उदाहरणहरु छन्। तेस्ता कला नमुना र पुरातात्विक सम्पदाका धनी छौं। जो संसारमा अन्त देख्नपाइन्न र यति धेरै छैनन्।
नं ११, हामी संसारका अत्यन्तै धनी र सम्पन्न पुर्खाहरुका सन्ततिहौँ।हामी आजको विश्वजगतमा आधुनिक जीवनशैली र सुख सहेलबाट केहि बन्चित अवस्य हौंला। तर जे जति धन-शम्पति र आफ्नो गच्छे अनुसार साधनस्रोतका धनी छौं त्यसमानै ठूलो खुसि र सन्तुस्टी मान्दछौं। जुन हाम्रो आत्माग्यान र संसार बुझाइको नमुना हो। मागेर,चोरेर,छलेर र खोसेर अरुको झुट र लुटको सम्पतीले धनी र सम्पन्न हुनुभन्दा जति छ तेसैमा चित्त खुसि बनाइ आधीपेट खाएर भएपनि @२@अतिथिसत्कार, मन्दमुस्कान, कडामेहनत,तेजिलो जोश,खलल्ल पसिना,लामो सुस्केरा,मिठो निद्रा,सत्यबोलि,दयालुमन,रुखो खानपान,खरो सोभाव,मितव्ययी,परोपकारी,दृढ निश्चयी, सर्व बिजयी नेहौँ@@ । जो,संसारमा अरु र अन्य कोहि यस्तो देश र देशवासी जात-जाती थिएनन्। छैनन्। र साहेद हुनेपनि छैनन।
नं १२, सर्वसम्पन्न नेपाल र नेपाली हौँ हामी। जल,स्थल नभ र गर्भ सबैमा मणिका खानीहरु छन् हाम्री मातृभूमिमा। प्रकृतिको सुन्दरता र सुरक्ष्या,जल र खानीको परिपूर्णता, स्वच्छ वायु र उज्यालो आकाश,हरेक उन्नति र प्रगतिको उच्च र अतुल्यनीय सम्भाबना भएको मुलुक हो यो। अवशर नै अवशर बोकेकी कर्मठ र बहादुर सन्ततिकि ममतामयी माता नेपाल र उनका वीर सन्तति हौँ हामी। अन्यत्र कोहि र कहीं यस्तो अनुपम उदाहरण कसैले कुनैं जुनीमा पाएन र पाउनेछैन।
त्यसैले आउँदा सन्ततिको उज्ज्वल र सुरक्षित भविस्य अनि मातृभूमिको रक्ष्यार्थ संकटको यसघडीमा पुन:एकपटक आजको सन्ततिले अन्तिम अस्त्र उठाउनेछौं।जुन,बुद्धि-विवेक,कला,कुटनीति, नैतिकता,एकता,आत्माज्ञान, सौर्य र रण कौशलले भरिपुर्णहुन्छ। जसले आउँदा पिंडीपुस्तालाई कुनै दिन आफ्ना देशवासी र आफ्नो मातृभूमिको चारकिल्ला सिमानामा कुनै बैरीले घृणितपाइला टेक्न होइन फेरोफर्को लाउन पनि नपाओस् …