
मलाई हिजोसम्म क्या क्या छकाए ।
यहाँ आज ती कुन्नि के गर्न आए ।।
मलाई नसोधेर भागेर जाने ।
अनि फेरि कुन् नाक लाएर आए।।
नसोधेर खोसेर लिन्थेँ म काहाँ।
कता जानि त्यो मन् लुकाएर आए।।
यसै चुक्चुकाएर निच् मारिहाले।
जसै जुल्फि तिन्ले फिँजाएर आए।।
म भन्दै थिएँ हे हरि होश राखे।
हरे हेर मोती हराएर आए।।
-मोतीराम भट्ट