
“स्वच्छचारिता र एकाङ्कीपनले पश्चिमा मुलुकमा निम्त्याएको दुर्दशा ” कोरोना सम्बन्धि समसामयिक लेख
बिश्वले हरेक बिज्ञान प्रबिधि आमसन्चार स्वास्थ्य बिकाशको क्षेत्रमा महान छलाङ मारेर को भन्दा को कम भैसकेका मुलुक हरुले आफ्नो आफ्नो दादागिरी देखाइ रहेको बेलामा कसैले कसैलाई पछाडि फर्केर नहेरी एक्लै ब्राह्मण संसार जितेर ल्याउन शक्ति रास्ट्रहरु दौडि रहेको बेलामा हामी जस्ता निम्छरो देश जहाँ १०४ बर्ष जहानिय राणाहरले नेपाली जनतालाई दमननै गरेर बिलासिता पुर्ण शासन गरे ३० बर्ष पन्चायत त चल्यो नै महान परिबर्तनहरु भए १२ बर्ष जनयुद्ध भयो ।हामी राजनितिक परिवर्तन मै बढी दौडिउ आर्थिक क्रान्तिलाई मुल ध्यय बनाएनौ।संविधान बन्यो स्थिर सरकार नि बन्यो तर जनताको असीमित चाहानाको वीच कति पूरा होला या नहोला भनेर कुरिरहेको देशले शक्तिशाली रास्ट्रहरुको नाटक मन्चन टेलिभिजनका स्क्रिन र फेसबूक टुइटर लगाएतका वालमा हेरेर चीत्त बुझाउनु बाहेक अरु केनै थियो र ।बिहान बिहान चिया पसलमा गुलियो चिया चुस्की संगै जानी नजानी विश्व घटाना क्रमको बिचरा केही पनि थाहा नपाएको माइलो ,अन्तरे र जन्तरे राखेर गफ चुट्न त कसले सक्थ्यो र माझघरे जेठालाई।यसै यसै गरि बिश्व आफनै गति रफ्तार र खहरेको गड्गडाहाड सुनकोशीको सुलेली र नारायणीको मन्द गतिमा सलल दौडिरहेको बेला चीनको बुहान भन्ने प्रान्तमा आएको एउटा आखाले सम्म देख्न र हेर्न नसकिने सूक्ष्म कोरोना भाइरस ( कोभिट १९) त्यो पनि पछि राखिएको नाम नत्र कसलाई नै थाहा थियो र ! जुन जीवले प्रकृतिलाई जितिसकेको बिश्व जहाँ चीन आफैले कृत्रिम सुर्य समेत बनाइसकेको छ। समुन्द्रमा पुल बनेको छ चन्द्रमा र मंगल ग्रहमा मा मानव त पुगे पुगे तेहा बस्ती बसाल्ने तयारी गरिरहेको बेला जुन जीव बिश्वका मान्छेलाई क्यार्लप कुप्लुक निल्दै ग्लोबलाइजले सानो जस्तो बनाइदे पनि कुनै देशलाई बाकी नराकी धुवाँ फैलिए झै फैलिदै हावाको गतिमा र रकेटको बेगमा फैलिएर सबैलाई अहिले त्राही त्राही बनाइरहेको छ ।अधिकान्स बिश्वमा जनतालाई ड्याम डुम ढोका लगाएर बस्न बाध्य पारेर घर भित्र नै बन्दी बनाइदिएको छ। बिश्व ब्राह्मण जितेका हामी मान्छेलाई त्यो जिबले हायल कायल मात्र पारेको छैन । शत्ताको बागडोर सम्मालेर बसेका हरेक देशका नेतृत्वकर्ता लाई रातमा निन्द्रा त परै जाबस जर्मनीका प्रदेश अर्थ मन्त्री त डिप्रेशनले आत्म हत्या गरिसके । दिनहु कमिलाको मराइ झै मान्छे मरिरहेका छ्न । चीनमा यो भाइरस फैलिरहदा अमेरिका युरोप लगाएतको मुलुकहरुले समाधानी अपनाइ दिएको भए आज यो दुरदसा बिश्व यति धेरै भोज्न नपर्ने हुन सक्तियो।शक्तिशाली राष्ट्रमा स्वच्छचारिता र एकान्कीपन यति बढ्यो कि चीनको भाइरस त हो हाम्रोमा आयो भने क्वारप कुरुम पारिदिनछौ जस्तो सोचियो अछिउ खाए बछिउ खाए झुसे बारुलो भन्दै कोरोना भन्ने चिन्दैनौ भन्न नि बेर लाइएन। यशुको प्राथाना गर्न जान कुरान पढदै मजाजको लागि जान खुल्ला राकियो मन्दिर र बुद्धको मन्दिरमा दर्शन गर्नेको नि कमि भएन झन भेटघाट जमघट देश बिदेश घुमेर आको भएर पार्टी रेस्टुरा क्याफे जानेमा त के नै कमि आउथियो र इटाली स्पेन इरान जर्मनी फ्रान्स बेलायत नेदरल्यान्ड लगाएत देशमा जनतालाई बाहिर ननिस्क भन्दा पनि निस्कन नछोड्दा येशु र अल्लाह भगवानले बचाउछ्न भन्दै चर्च मस्तिद र मन्दिर जान नछोड्दा एकबाट आर्कोमा रोग सार्न अन्त कहाँ नै जानुपर्थ्यो र । एउटैले १० हजार सम्म चर्च जादा संक्रमण गराएको त समाचार नै आयो अरु त कति कति रेस्टुरा क्याफे फाइव स्टार थ्रीस्टार होटेल जमघट भेटघाट के के हो के के बाट कति सर्यो सर्यो। एउटा बेलारुस भन्ने रूसको नजिकको देशका राष्ट्रपति हिजो सम्मपनि आफ्नो देशमा १०० जना संक्रमण हुँदापनि कहाँ छ कोरोना भन्दै छ्न र आज सम्म नि घरेलुु फुटबल लिग संचालन गर्दै छ्न हेर्न मात्र ग्राउन्डमा ३००० भन्दा बढी टिकट नै काटेर आका थिये रे अनि राष्ट्पति कोरोना भाग्छ भोड्का खानु भन्दै थिए र। आज नै पश्चिमा मुलुकमा किन्नलाई पैसा फाल्दा मास्क पाइदैन ।पिपिइ लगाएत डाक्टरले प्रयोग गर्ने सामाग्रीको अभाब छ तेहि कारण इटालीमा मात्र ६१ जना स्वास्थ्यकर्मी मरिसके अरु त ११५०० नागिसके।स्पेन अमेरिका इरान फ्रान्स जर्मन लगाएतको हालत नि तेस्तै छ। अहिले पैसा बिकेको छैन औषधि उपकरण सबैको अभाव छ । सामान अभावले गर्दा बचाउन सक्ने ब्यक्तिले पनि मृत्युवर्ण गर्न बाध्य भएका छ्न र धर्तीबाट सधैंको लागि बिदा भएका छ्न । यो महामारीलाई कतिपय देश ब्यापारी त ब्यापार सग नि जोडदै छ्न बेला बेलामा सत्य हो या गलत हो चीनबाट र आफुले नरुचाएका मुलुकबाट आएका यति किट्स यति पिपिइ यति मास्क मापदण्ड बिपरित भयेर फिर्ता पठाइयो रे सुन्दा नि हास उठदो र दर्दानक पनि छ किनकी जनताले सर्जिकल मास्क त परै जाबस कपडा मास्क नि नपाएर कपडा र पातको मास्क समेत बनाएर लाएको त मिडियामा आकै छ अनि के को फिर्ता तिनै देशमा हस्पिटलमा मान्छे राख्ने ठाउँ छैन मरेकालाई गाड्ने र जलाउने ठाउँ छैन अनि दुश्मनी र इगोको लागि १० हजार पिपिइमा २००० चाहिँ गुणस्तरीयता नपुगेर फर्काइयो रे। ८००० मा चाहिँ कसरी पुग्यो फेरि तेहि पिपिइ नपाएर अरुलाई बचाउछु भनेर अहोरात खटने डाक्टर आफै मृत्यु हुदा र संक्रमणमा पर्दा बाल मतलब छैन किन कि त्यहा त इगो साध्नु परेको छ। अब भो भो मान्छेबाट नै गल्ती हुन्छ र मान्छेले नै सच्याएर अघि बढने हो हिजो कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने ट्रमले पनि चिनियाँ समकक्षी सग टेलिफोन बार्ता गरिसके र चीनले पठाएका मास्क लगाएत सामान पनि राज्य राज्यमा बाढिसके अरु देशका नेतृत्वमा पनि घैटामा घाम लाग्दै गाको छ। र हरेक देशले उच्च सतर्कता अपनाउदै गाका छ्न। सबै चाहन्छन अब यो संक्रमण धेरै नलम्बियोस बिस्तारै सबै सामान्य जिबन फर्कन पाऔ र कोरोना विरुद्धको युद्ध सबैले जितौ अझ नेपाली त भन्छन बरु लकडाउन अझै बढोस युरोप अमेरिका लगाएतका पश्चिमा मुलुकले झै दुरदशा भोज्नु नपरोस किनकि त्यहाँको अबस्था हेरेर नेपाली वाक्कदिक्क भैसके। जुकमा कहिलेकाहीँ बिरलै शताब्दीमा आउने फ्लू महामारीमा अब हामी सबै तङ्रीन कोइ कसैको बिरोध गरेर हैन स्वैच्छचारी र एकाङी बनेर हैन एकले अर्काको अस्तित्व स्वामित्व स्विकार्दै सहकार्यता र हातेमालो गर्दै कोरोनालाई फेरि फेरि कहिले नै जुकभर नआउने गरि भगाउदै स्वर्णिम भबिस्यको बाटो कोर्दै फेरि बिश्वलाई नयाँ शिराको साथ अगाडि बढाउ।
राजेन्द्र कुमार कार्की गोकुलगङा-५ रामेछाप