
बुधबार चैत १९ काठमान्डौ।
अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत्र-१६ गते बेलुका बसेको केन्द्रीय समितिको बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा जारी लक डाउनको कारण आपत्ब्र बिपदमा परेका कलाकर्मीलाई सकेको सहयोग गर्ने भएको छ। बिपद ब्यबस्थापन समिती नै बनाएर अगाडी बढेको सस्थाको सो समितिमा हाललाइ महासचिव बिक्रम जङ शाह( सम्योजक) र सदस्यहरुमा अमृत खाती उमा श्रेष्ठ मिलन श्रेष्ठ नारायण सापकोटा राज कुमार हुमागाइ र सन्तोष अधिकारी सदस्य रहनुभएको छ भने अध्यक्ष संरक्षक रहने कोषको बैठकले प्रबक्ता होम सुबेदीलाइ आमन्त्रित सदस्य तोकेको छ। कोषले चैत्र १८ गते बाट नै आपद र बिपदमा परेका कलाकर्मी लाई सहयोग गर्न सुरु गरिसकेको छ ।भने यो कठिन घडीको संकटबाट पार लाउन सम्पुर्ण केन्द्र प्रदेश जिल्ला आजिबन सदस्य र अन्य सदस्यहरुलाई पनि सस्थाको तर्फबाट आधिकारिक रुपमा नै आ आफ्नो ठाउँबाट जुटन नि आग्रह गरेको छ।सस्थाले हाल सम्म गरेको कोरोना विरुद्धको जनचेतना अभियान पनि प्रभावकारी भएको छ।यो बिचमा सस्थाले नेपाल सरकारको विभिन्न मन्त्री तथा सम्बन्धित ब्यक्तिलाई भेटी ध्यानाकर्षण गराउदै कतिपय सुझाव समेत दिएको छ ।भने सस्थाले पर्चा छपाएर सामाजिक संजाल बाट पोस्ट गर्नको साथै लकडाउन अगाडि केही बितरण नि गरेको छ ।यो बाहेक विभिन्न जनचेतना मुलुक लेख गित संगीत र रचना मार्फत नि जनहितमा चेतना फैलाएको छ।आपत मा परेका कलाकर्मीले अध्यक्ष राजेन्द्र कुमार कार्की (९८४१५६८०६७) महासचिव ९८५१०३०८९४) लगाएत केन्द्रका अन्य जिम्मेवार पदाधिकारी तथा सदस्य र प्रदेश र जिल्लाका नेतृत्वलाई समेत सम्पर्क गर्न भनेको छ