
खगेन्द्र मल्ल – चैत १८ कालिकोट ।
नेपाल युवा परिषद जिल्ला कार्यसमिति कालिकोट को विशेष पहलमा (कोभिड १९) अर्थात कोरोना भाइरस न्युनिकरण का लागि थोरै भयपनि राहत हुने हेतुले यश परिषदको मुख्य भुमिका र कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको विशेष सहयोगमा जम्मा ७ वडा रहेको महाबै गाउपालिका बाट माक्र्स बितरण कार्यक्रम थालियको छ आज नै पालिकाको वडा न. ५/६ मा माक्स हस्तान्तरण गरियको छ भने अरु बाँकि वडामा पनि माक्र्स बितरणको कार्य जारि रहेको छ र सबै वडामा माक्र्स बितरण गरिने भयको छ । नेपाल युवा परिषद कालिकोट का अध्यक्ष हिक्मत सिंह भन्नुहुन्छ लकडाउनको समस्या ले सबैतिर पुग्न सम्भव भयको छैन सके सम्म जिल्ला बासि सम्पुर्ण लाई कोरोना रोकथामका लागि माक्र्स बितरण गर्ने प्रयत्न गर्नेछौ भन्ने खबर नेपाल युवा परिषद कालिकोट जिल्ला कार्यसमिति सचिव खगेन्द्र मल्लले सन्देश नेपाल लाई जानकारी दियका हुन ।