1071 views 0 secs 0 comments

तनहुँका अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी चाप बढ्यो…

In समाज, स्वास्थ्य/जीवनशैली
३० श्रावण २०७६, बिहीबार १३:०७

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन्।
अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताए । उनका अनुसार अहिले भाइरल ज्वरो र टाइफाइडका दैनिक १५० देखि २०० बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरो, झाडाबान्ता, रुघाखोकी, पखाला, श्वासप्रश्वासलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ । उनले भने, “करीब ४० प्रतिशत यस्ता पानीजन्य रोगका बिरामी रहेका छन् ।” अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा. पौडेलले बताए ।