
सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ ।
मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुपि्रएको व्यवसायीहरुले बताएका छन् । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।
बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको छ । व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।