881 views 0 secs 0 comments

मुगुमा निर्वाचन अवधिभर मदिरा नियन्त्रण गरिने

In देश, बिचार, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार ११:०६

 

गमगढी: आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि सोमवार देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईने भएको छ।

मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा सोमबारदेखि मंसिर १२ गते र मंसिर २१ देखि २५ गतेसम्म पूर्ण प्रतिबन्ध लगाईने भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

उनका अुनसार निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताहरुले मदिरा सेवन गरि हो हल्ला गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रिवितरण तथा सेवनका लागि मंसिर९ देखि १२ र २१ गतेदेखि २५ सम्म जिल्लामा प्रतिबन्ध लगाइएको छ।

उक्त अवधिमा मदिरा बिक्रि बितरण र ओसारपोसार नगरिदिन प्रशासन र सुरक्षा निकायको आग्रह अनुसार आफुहरुले पनि सबै जनाकारी गराएको उधोग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए।

निर्वाचनलाई लक्षित गरि मदिरा बेचबिखन, ओसार पसार तथा सेवनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णयलाई सधै भरि कायम राख्नु पर्ने तथा यसका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिए।

सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा गरिएको अन्र्तक्रियामा राजनितीक दल, उद्योग बाणिज्य संघ, होटेल, पसल व्यवसायि ,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
अन्तरक्रियापछि मदिरामा पुर्ण प्रतिबन्ध लगाउने निर्णयको उलंग्घन गर्नेलाई हदैसम्मको सजाय गरिने स्थानीय प्रशासनले जनाएको छ।