
बैशाख १३ काठमाण्डौं ।
कोरोना माहामारी पछिको विश्वमा के-के हुनेछ !!! ???
आज संसारमा कोरोनामहामारिले बितण्डा मच्चाइरहेकोछ।इतिहासमा यस्ता महामारी पहिले पनि नआएका भने होइनन्।तर संसारमा मनवजाति माथि सबैभन्दा महामारिकोरुपमा फैलिएर अधिकतम मानव धोम्स मच्चाएको यो कोरोना (कोभिड-१९) विश्व इतिहासमा पुरा १००बर्सपछिको ठूलो महामारीको रुपमा आएकोछ । एक्काइसौँ शताब्दीको मानव बिकास, सभ्यता, बैज्ञानिक खोज-अनुशन्धान, मानवजातिले बिज्ञान र प्रकृतिमाथि गरेको बिकास,उपलब्धि र विजय माथि धावा बोल्दै मानवसभ्यता र वैभव अनि भविस्य प्रतिको मानव सोच र अनुमानलाइ समेत धोति लगाइदिएर यो कोरोना नामको भाइरस संसारमा ताण्डव नाच नाचिरहेकोछ। मानौं, यसका अलावा कोहि र केहि ठूलो छैन । न त एसले धनिलाईछोड्यो न गरिबको पुकार सुन्यो ।न यसले बलवानलाई न मुर्ख लाइ न काला न गोरा न पुर्व न पश्चिम ।अझ आजसम्मको कोरानाको मानव बिरुद्धको महायुध्द्धको यात्रालाई हेर्निहोभने यसले धनी र बलिया आफुलाई सभ्य र हरेक कुराबाट महाशक्ति साबित गर्दै धन र हतियारको बलमा विश्व माथि दवदवा मच्चाइरहेका पश्चिमा रास्ट्रहरुमा ठूलोबिपत्ति थोपरेर निर्शम्सरुपमा ताण्डव निर्त्य देखाइरहेकोछ।तेस्तै कोरोना नामको यो पवनरुपी क्रुर बिस्वोबिजेता फौज पूर्वीय सभ्याता,बहुसंख्यक यसियाली गरिब निर्धनहरु र बर्शौसम्म पश्चिमाहरुको दोहनमा दोहिएका गरिब अफ्रिकनहरुलाई झुक्काएर भाला नघुसारेतापनि आफ्नो उपस्थिति भने देखाइरहेको छ । संसारका बैज्ञानिकहरुको बचन र कथनलाइ सापटी लिएर भन्नेहो भने यो न त जीव हो न त जीवित छ। न त मर्छ नत यो मिर्तात्मा नै हो। तेसैले हामीले पूर्वीय धार्मिक भाषाले भन्निहो भने यसले सबैभन्दा बढी जनसंख्या भएको एसियाका अविकशित र अर्धविकशित देशहरु यहाँका निर्धन एशियनगरिव निमुखा तथा अफ्रिकन गरिबहरुमाथि अनि सधै अमेरिकन शासक वर्गको नाकाबन्दी र दमन शोषणमा पिल्सिएका ल्याटिन अमेरिकन देशहरुमाथि जे र जति निर्शम्स नाच नाचेपनी त्यो कोरोनाको भाषामा न्यायोचित् नै हुनेछ ।अझ ई मुलुक र बहुशंख्यक गरिबहरुमाथि नाङ्गो नाच नदेखाए वा नदेखाउँदै कुनै धनी मुलुक वा बैज्ञानिकहरुले यसको बिरुद्ध कुनै भ्याक्सिन पत्तालगाउन सके भनेत पर्कृति, धर्म र न्याको विजय अबस्य नै भएको मानिनेछ।
हुनत कुनैपनि देशको राज्य संचालक जुन मतिको छ तेस्ले आफ्नो देश जनता र विश्व प्रति देखाउनि र गर्नी बेभारले त्यो देश, देशवासी, त्याहाँको समाज र आम नागरिक प्रतिको बिस्वो दृस्टी कोण तयार हुन्छ।यी र यस्ता सर्वसत्य बुझाइलाई जानिबुझिकनपनि पश्चिमाहरू र खासगरी अमेरिन नेतृत्व आज संकटको यसघडीमा पनि जे र जसरि चाइना, डब्लु-एच-ओ लगाएत माथि खनिएर रिस्पोख्दै आफ्नो अकर्मन्यता र भ्रामक लापरबाहीको कारण आम नागरिकको लासको पहाड उठाईरहेका छन्।एसले कोरोना महामारी पछिको निकट भबिस्य मा के के र कस्ता काम, बेभार, सोच अवस्य आउला र हुँदा हुँदा संसारको भबिस्यको लगाम अब कता जाला भन्ने आम चासो र चिन्ताको बारेमा केहि लेख्न्नु शान्दर्भिक हुनेछ।
नं १ संसारमा विकासकोगति अझ बढ्नेछ —
जसले जे र जस्ता अफवाह फैलाए पनि संसारको उच्चतम बिकाशको गति किमार्थ रोकिनी छैन । सरकारी र अझ निजि कलकारखानाहरु अझ जोड तोड ले खुल्नी छन् ।केहीबेर सरकारी स्तरमा अल्लमल्ल जस्तो भएता पनि तत्कालै पश्चिमा तथा पुर्बी बिकशित र विकासोन्मुख मुलुक तथा अविकसित मुलुक समेत निर्बाध रुपमा तन्ग्रिहाल्ने छन् र अझ बढी जोस र जाँगरकासाथ् बिकासशिल र विकासोन्मुख मुलुक आफै र बिदेसी सहयोगमा आ-आफ्ना एजेन्डा सहित अगाडि बढ्ने छन्। जसमा सहयोगको लागि चिनिया र पश्चिमाहरू पर्तिस्पर्दामा आउनिछन् भने चिनिया उपस्थिति अतिनै उच्च रहनेछ। विभिन्नखाले बैज्ञानिकखोज अनुशन्धानहरु जोडतोडले सुरुहुनेछन।पूर्वीय जस्तै जापान,चिन, कोरिया, अस्ट्रेलिया लगायत केहि र खासमा पश्चिमा मुलुकहरु आफ्ना ठुल्ठुला बिकासका एजेन्डासहित अघि बढ्ने छन् र अझ अविकशित र विकसोन्मुख अति अविकसित एसियाली मुलुक तथा अफ्रिकन मुलुक र इन्डो प्यासिफिक र ल्याटिन अमेरिकन मुलुकहरुमा अधिक बिकासको लहर आउनि छ। जहाँ चिनिया लगानी महत्वपूर्ण हुनी छ भने पश्चिमाहरू पर्तिस्पर्दामा लगानी गर्न आतुर हुनिछन् । र चिनिया लगानीलाइ निरुत्साहन गर्न अतिमेहनत गर्नेछन तर यो सम्भब हुनिछैन ।संसारका गरिब देशका मान्छे आ -आफ्नै देशमा विकल्प खोज्नेछन् प्रकृति तिर फर्कने लहर आउनीछ ।कृषि, पशुपालन र स-साना देखि ठुल्ठुला उद्धोग धन्दा कलकारखाना खुल्नेछन यसरी बिकाशको गति किमार्थ रोकिने छैन।
नं २ रोजगारीमा वृद्धि–
आज रोजगारकोकुरा संसारभरि अति उठ्ने गरेको छ। अदक्ष्य देखि दक्छ्य गरिब देखि धनि सम्पन्न मुलुक र नागरिकहरुको आम चासो र चिन्ताको बिसय बनेको छ आज रोजगारीको सवाल।
हुनपनि मानब जिवन मात्र होइन प्रतेकको दैनिकीसंग प्रतक्छ्य जोडिएको सबाल हो रोजगारी।र संसारमा आज धेरै मानिसहरु डराइरहेका छन् कि रोजगार गुम्यो र अझै गुम्छ । यो बिल्कुल गलत साबित हुनिछकि आज रोजगार गुमाएकाहरु एकाद छोडेर सबै पुरानै काममा जोडीने छन्। र बदनियतवस कुनै रोजगार दाताले जागिरबाट निकालिहालेमा समाज त्योदेसको संगठन कानुन र राज्य तथा अन्तरास्ट्रियकानुनले समेत न्याय दिलाउनेछ ।फेरी अबको मानिसहरु नया र जैविक खानपान र कृषिमा लाग्निछ्न। रोजगारी अधिक रुपमा खुल्नी छ एसको मुख्य कारण धेरै मानिसहरु प्रकृति तिर आकर्षित हुनेछन्। नेपाल भारत लगाएतका सकारले जस्तै कैयु बिकसित र अर्धबिकसित मुलुक र जनताहरुको अबको क्रेज औद्धोगिक मजदुरी र ज्यालादारीमा मात्र सिमित नभई सोरोजगार र तेस्मापनि कृषि तथा साना र लघुउद्धोगहरुमा हुनिछ। र सबैकोलागि सो-देश प्यारो सो-कर्म प्यारोको लहर आउनेछ। एसको प्रतक्ष्य लाभ मजदुरवर्गलाइ हुनिछ।जब मानिसहरु आ-आफ्नै देशमा कामगर्दछन सो-रोजगारमा लाग्छन तब रोजगारी घट्नुको सट्टा बढ्नेछ। नं ३— प्रकृति मोह र अविकसित देशमा प्रचुर विकास—
अव फेरी एकपटक मानवजाति जव्बरजस्त प्रकृति तिर फर्कने बेला आएको छ। एसको प्रतक्ष्य लाभ गरिब र अविकसित देशलाई हुनेछ। जव मान्छेले जीवन र जगतलाई सहितरिकाले बुझ्दछ।तब ऊ सोतह पर्कृति तिर फर्कन्छ।अवको मान्छे खेतीपाती आफ़्नैदेश्मा सानाठूला उध्धोगधन्दा र कृषिमा आकर्षित हुनेछन।तेस्को लागि अविकसित र गरिव देश र तेहाँकामानिसहरु ब्यस्त मस्त र खुसि हुनिछन । त्यो अवशर र बाध्यता अनि समयको माग अविकशित र विकासोन्मुख देशहरुमा थियो र छ तर अव तत्काल लागुहुनेछ ।फलसोरूप ति देशमा विकासको लहर फैलने छ। प्रकृति प्रतिको माया र सहिजिवनको मार्गदर्शन प्रखर भएर आउनेछ । गरिव हरुको उन्नति र अविकसित देशहरुमा विकाशको लहरले विश्वको ब्यापारिक,व्यवहारिक र शक्तिसन्तुलनमा पनि ठुलो योगदान मिल्नेछ ।
नं 4 — बिकसित मुलुकमा मजदुर तानानात–
आउदा दिनका कैयुवर्षसम्म आम एसियाली, अफ्रिकन र अर्धबिकसित् तथा आम नागरिकहरुको आकर्षक मजदुरीको गन्तव्य बनेका विकासशील देशहरुमा मजदुरहरुको तानातान हुनी छ। कारण—मानब जातले दुख र दर्दको कारणले जे जसरि आफ्नो घर बास र देश तथा बालबच्चा आफन्त छोडेर बिदेसिन्छ त्यो कोहि पनि खुसीले जादैन । कोरोनाको जबर्जस्त अर्को प्रभाव भनेको अदृश्य शक्ति वा रोगब्याध जे र जसले जुन निहुमा पनि जतिशाक्तिशाली वा धनि भएपनि अकाल मिर्तु पनि जित्न सक्दोरहेनछ।सबैभन्दा माथि काल त नियति नै थियो अकाल पनि कसैको बसमा छैन भन्ने सोच पलाएको छ।जसले गर्दा अब मानवजाति आफ्नै देश र समाजमा आफन्ती संगै की गरिखाने कि संगैमरिजानी सोचमा जानिछन।भने यसको प्रत्यछ्य असरसोरुप बिकसित देशहरुमा मजदुरी गर्नेकालागी सानातिना काममा पनि श्रमको मूल्य बढ्ने छ भने अविकसित मुलुकहरुमा बिकाशको लहर बढ्ने छ र मजदुरी गर्ने हरुको पनि दिन झन् उज्यालो हुनेछ। सानातिना काममा बिकशित देशहरुमा गरिब देशहरुका मजदुरको माग बढ्नेछ भने तेसैअनुसार श्रमको मूल्य पनि बढ्नेछ। नं ५—-पश्चिमा क्रेज धोस्त,,,,———-
वास्तवमा संसारभरिका धेरैदेशका आम नागरिकहरुको स्वर्गको सपना अमेरिकाहो भन्ने जुन भ्रम धेरैमा थियो र हुँदैनभए युरोपको टि-आर- पी -आर- हुँदै पश्चिममा गएरै सेटल भएमा जिउदै स्वर्ग देख्न र सोर्गको चुम्बन गर्न पाइन्छ। डलर, युरो र पौण्डस्ट्रलिङ्गका झुत्ता सोहर्न पाइन्छ काम केहि गर्न पर्दैन भनेर आफ्नोदेशको सरकारी जागिर वा बेपार मात्र होइन डा-पाइलट पनि पश्चिमा मुलुकमा भासिनी पर्थाथियो त्यो खरानी भएको छ।कारण – काल र अकाल मिर्तु कसैले रोक्न सक्दो रहेनछ। र जुन देशमा जुन निहु र जुन गतिमा पनि आउदो रहेछभन्ने देखाएकोछ।भने अर्को तिर यस्ता अकालमृतु र शंकटको घडीमा आफन्त के हो र कोहो आफ्नोपन र सोदेस के हो भन्ने बुझाएको छ ।यस्ता दैविकप्रकोप र महाविपत्तिको घडीमा डलर, पौण्ड र शक्तिशाली हातहतियार र ठुल्ठूला धाकधम्की सबै मिथ्या भ्रम साबित हुदारहेछन् र अकाल मिर्तुको सामु सबै निरिहभएर आफ़न्तिको लास टुलुटुलुहेर्नुको विकल्प रहेनछ भन्ने देखाएकोछ। आफ़न्तिलाइ मृत्युशैयामा भेट्न देख्न त केआँशुझार्न र लासबुझ्न समेत नपाई एक्काइसौ सताब्दिमा हिक्काछोडेर रोएको मानवताका सामु सबैसिद्धिएजस्तै आम नागरिकहरुको अन्धोभक्त पश्चिमा क्रेज र मोह पनि सिद्धिएकोछ।धोस्त भएकोछ। नं ६ मानवताको प्रचुर विकास —-
संसारका करोडौ जीव जीवात्मा मद्धे मानव जात हरेक कुराले सर्वश्रेस्ट जाति कहलाएको छ भलइ मान्छे हात्ती,गैंडा,व्होएल-डाइनोसर भन्दा सानो र बाघ-भालु भन्दा निर्दो किननहोस ।मानब जातमा ग्यान बुद्धि बिबेक कला छेमता सबै छ र मुख्यकुरा मानब जातिको मुख्य गुण त मानवता अर्थात दया,माया र करुणाभाव हो जुन सबै प्राणीमा हुदैन हुन्छ तर देखाएर पनि बेभारले उनीहरु अरुको लागि धेरै केहि गर्न सक्दैनन् ।तर हामि सक्छौ र गर्नु पर्छ ।आज संशारको बिकासक्रम संगै ब्यापारिकिकरण भएको छ ।धनले नपाउनि केहि छैन आमाबाउ बालबच्चा र प्रकृति सबै धनले किन्न सकिन्छ। काललाइ पनि जित्नसकिन्छ भन्ने जस्तो गलत सोच धेरैमान्छेहरुमा पलाएको थियो। त्यो टोटल गलत थियो ।र गलत नै हुनिछ भन्ने प्रमाणित भएर फेरी सबै को सामु दिनको घाम र रातको भुत झैँ संगै आएर सबलाई तर्साएको झस्काएको छ। र ससाना धनाढ्य र अन्दोभक्त धनि स्वार्थि देखि आफ्नो अकर्मन्यता र भ्रम र लापरवाहीको दोष नदेखी मानवता माथि आइपरेको यो शंकटको घडीमा पनि सधै चाइना र हुदा हुदा डब्लु-यच-ओ-सम्मलाइ दोष दिएर सहयोग रोक्नी धम्कि दिएर बिस्वो मनबता र समग्र प्रकृति संजाल भन्दा बाहिर हुन खोज्ने डोनालडत्रम्प् जस्ता बाहेक सबैले मिर्तुको अवस्यम्भाबीकतालाइ दरो र खरो रुपमा आँखा अघाडी देख्न र भोग्न सुन्न बुझ्न विवस भए। तेसैले मानब जातिमा हराउदै गएको मानबता प्रखर बनेर आएको छ । दया माया करुणा र प्राणि अनि प्रकृति प्रतिको करुणाभाव उर्लेर आएको छ।मानवताको सहयोगी भाबनाले संसारलाई जिताउनी छ। मानव र हरेक प्राणि-प्रकृति र ब्रह्माण्डको रक्षाकानिम्ति मानवता र दयामाया करुणाभाव अपरिहार्य छ भन्ने प्रस्ट भएकोछ। नं ७ —-प्रकृति र जिबात्माको तेजब्रिद्धि—
सयौं वर्ष देखि अर्थात कमसेकम दोस्रो बिस्वयुद्ध पछिको १०० वर्ष पछी मात्र होइन सयौ वर्ष देखि सान्त सफा र होहल्ला बिनाको संसारमा आज सयकरोडौं पशुपन्छी र किट-पतंग ले आज यो मर्तालोक आफो पनि रैछ भन्ने न्यानो र सुखद अनुभब गर्न पाएका छन। र जति दोहेर पनि नसकीएकि यी निर्दोष धर्ती माता र यो मानब बिकास र आणविक हातहतियार देखि सुबिदाभोगको आबस्यक अनाबस्यक मारमा परि आहात भएको प्रकृति- बिस्व ब्रह्माण्डले युगौं युग देखि आउदो युगौं युग सम्मको लागि लामो र स्वस्थ स्वास फेर्न पाइन्। जसको सुखद परिणाम धेरै वर्ष पछि सम्म रहने छ । जुन कुराबाट अब मानवजातीले संसारमा एउटई समयमा एकाद मैना बार्षिक रुपमा संसारका सबै गतिबिधि बन्द गरेर खुसियालीको लक्डाउन मनाउँदा मानवजीवन,समग्र प्राणी -प्रकृति र सारा ब्रह्माण्डको सुख,शान्ति,अमनचयन खुसि,र बैभवको स्थाई बास कस्तोहोला भन्ने देखाएको छ। सोच सन्देस दिएको छ। नं ८ जुनी–जुनीको लागि त्रास र त्यागको शिक्ष्या—
आजको मानव जगतको ब्यापारिक मगजले निरिह सोचेको त जीवात्मा मात्र होइनकि निर्जीव सोचेको ढुङ्गो माटो पनि मानव चेतना भन्दा उच्च छ। निस्वार्थी छ। बौद्धिकछ। स्वार्थि मानवजातिले सोचेको र कल्पना गरेको भन्दा उच्च र भयाबह छ। जसले कुनै पनि चिज वस्तु वा जीवन र ईज्जतलाई निरिह मान्छ त्यो तेसैको फेरोमा निर्लज्ज हुन्छ, उसैको फेरोमा बाँधिन्छ। र झन् गल्ति महसुस नगरे उसैको पाउमा मरणासन्न हुनसक्छ। मानौ गुहुलाई लाठिहान्नु,रिसले ढुङ्गो बजार्नु-पहरोमा टाउको ठोक्नु। अथवा ऋण, आगो, मुद्धा र बैरीलाई सानो देख्नु बाउ-आमा, गुरु र ब्राह्मणको उपदेश नमान्नु नारि, गाइ,धर्म र गरिबको हिम्सा गर्नु कम्तिमा यी र यस्ता कुरामा पनि मोज उडाउनि सदा सर्वनासको बाटोमा जान्छ ।
आज कोरोना एक्काइसौं शताब्धिको मानवजीवन र कल्पनाभन्दा कताहोकता केहो के बनेर आएको छ । बरु कुकुर, बिरालो, झिंगा,मुसो वा लामखुट्टे संग उ डराएको छ। वा उनीहरुलाई निर्दोस निस्वार्थी सोचेर केहि गरेको छैन। तर मानव हुङ्कार,अहंकार,धाकधम्कि, हातहतियार, बमगोला र हरिया डलर केहिपनि उसकोलागि छेमायोग्य भएनन् ।नाइल, ब्रह्मपुत्र र सप्तकोशीमा बगेको पानी सरह मानव नयनबाट झरेका अश्रुधाराआँसु पिएरपनि आज अदृश्य त्यो पापी जीवाणु तृप्तहुन सकेकोछैन।आज मानवजातिले धनले जीवन र ईज्जत नाम र सान किन्न सक्थ्यो वा हातहतियार, धाक-धम्कि र गफले केहि कुम्ल्याउन सक्थ्योभने त्यो मौका कसैले छोड्नेवाला थिएनहोला। किनभने आज सुरुका दिनहरुमा सभ्य,सम्पन्न,धनी, र वैभवी,अनि शक्तिशालि र निर्दोष पस्चिमाहरुमाथि नै खनियो त्यो पापीभाइरस। जहाँसम्म उपचारका निम्ति हातफैलाउन पर्ने वा डिप्रेसन भएर विषपान गर्नु वा बिस्तारामामर्ने अवस्ताका कुन थिएहोलान्,,जहाँ न धनलेकामगर्ने मौका आयो नआफन्तीले। तेसैले बिचरा हामीमानव निरिह बनेर एउटा सजिव र निर्जीव पनि नचिनिएको अदृश्य भाइरसबाट आफ़न्तिका सास र लास पनि संगै भोग्नदेख्न र सेवासत्कर गर्न नपाई त्रासकोधारमा धुकधुकी राखेर कालपर्खन बाध्य भएर तालाबन्दी भित्र बसेकाछौँ। मानौ हामीलाईपनि त्यो कोरोना नामको जल्लाद फासिको लागि लिन आउन सक्छ। योभन्दा त्रासमा आजसम्म कुनै मानव चोला बितेनहोला ।तर पनि आजका केहि सोनामिसोफस्टहरु संकटको एस्तो निर्मम घडीमा पनि त्याग, तपस्या ,मानवता, सहिश्रुणता, एकता,आत्मियता र विश्वबन्धुत्वको ब्यबहार देखाउनको बदला एकापसमा लाञ्छना, दोषारोपण, ब्यापार अनि राजनीतिगर्दै मिर्त्युशैयामा कहराइरहेका मानवक्रन्दन माथि अट्टहास गर्दैछन। तेस्ता मानिसहरुले आउदा पिडीहरुकोलागि र स्वयम्कोलागि अब ढिलानगरी हिजोको दिन हेरेर भविस्यको लागि चेतनाको द्वार नखोल्नेहो भने योभन्दा त्रासबाट सिकेर त्यागि र सहिष्णु बन्ने अवसर इतिहासमा न कहिल्लै आएको थियो न आउनेनैछ। नं ९ जनसंख्यामा भारि वृद्धि—
सुन्दा मजाक लाग्नसक्छ। मानिसहरु नापत्त्याऊंन सक्छन। तर अवको केहि महिना देखिनै कल्पना गरेभन्दा अधिक धेरै नारि-देवी हरुको काखमा सुन्दर नवसिशुहरु खेलिरहेका हुनिछन्।धेरै नारीहरु आमा बन्ने छन् पुरुष हरु बाबा। धेरैले मजाक उडाउन् वा पन्ग्ङ्ती गरुन्सत्य भन्नेहो भने बिगतका सयौं बर्सका यीनै दिनहरुमा भन्दा करोडको हाराहारीमाथि नारीहरु गर्भवती भैसकेकाछन्। –संसारभरको बन्दा-बन्दीको बेलामा जे जसरि आमनागरिकहरु बाहिरि दुनियाबाट टाढा छन् र सामाजिक,आर्थिक, राजनीतिक र हुदाहुन्दा त धार्मिक गतिविधि पनि गर्न पाइरहेका छैनन्। अर्को कुरा बर्षौ देखि आम नागरिकहरु आफ्ना जागिर बेपार लगाएतका सबै गतिबिधि बाट टाढा छन्। सुरुसुरुको फुर्सदिको तनाव मेटाउन पनि र सयौं वर्ष देखिको जब्बरजस्त खालि र स्वतन्त्र जीवनको अनुभूतिको फाइदालिदै गरेका रोमान्स र सुखद एकान्त मिलन वा जबर्जस्त को सामिप्यताले मानिसहरु सुखद मिलनकालागि यो उत्तम समय नै मान्नु स्वभाविकैहो।तेस्को परिणाम जनसंख्या अवस्यअधिक बढ्नेछ ।
अर्को वास्तविक कुरा आजको अति ब्यस्त मानवलाई आफ्नो परिवार संग बस्नी खानि सुखदुख शेयर गर्नी रमाउनी समय नै थिएन। बर्सौ बर्सौ देखि आफ्नो निजिजिवनको बारेमा आम मानिसहरु गुमनाम थिए। एकातिर आज त्योदिन आएको छ भने अर्को तिर एक्कासिको बन्दाबंदिले गर्दा मानिसहरु एकापसमा सम्पर्क गर्दा अनावस्यक गर्भनिरोधि साधनहरुको जोहो गर्नपनि पाएनन्। फेरी चाहानाबिपरित रहिहालेको गर्भपतनको लागि कतिपय देशहरुमा सामाजिक,धार्मिक, र पारिवारिक बन्धन पनि छ। कतिपयलाइ आर्थिक संकट पनिछ। एसैसंदर्भमा भनौ गरिव अविकसित र बिकट ग्रामिण बहुशंख्यक समाज र बस्तिहरुमा चेतना र श्रोत साधनको अभावअवस्य छ।जहा तिनै समुदायका मान्छेहरु मौका पाउदासाथ् केहिनसोची निर्धक्क सुखद मिलनकालागि सम्पर्कमा गैहाल्दछन। आमरुपमा भन्दा गर्भराख्ने चाहाना हुदै नभएका, पुगिसकेका, उमेर पुगेका, नाबाक-बालिका नाता गोतामा परि विवस भएका र आम कसैकालागि पनि संसारभरको लकडान र बन्दाबन्दिले धेरै असम्भव प्राय भएकोछ। यी र एस्तैबिबिध कारणहरुले गर्दा बर्सौबर्ष देखि एता नभएको लाखौ लाखको जनसंख्या /मानव वृद्धी आउदो एकवर्षमा अवश्य हुनिछ। नं१० शक्तिरास्ट्रहरुको पैंठेजोरी कहिलेदेखि र किन– ऐतिहासिकसिक्ष्या–=–
योत संशारले अघिदेखिनै देखे भोगेकै कुरा हो सबै भन्दा बढी प्रतिस्पर्ध र खिचातानी शक्तिसम्पन्न र हुनेखाने अर्थात बलियाहरुकै बिचमा हुने गर्दछ।थोरै इतिहासलाई कोट्याउनिहो भने मानव विकासको आधुनिकीकरणसंगै पश्चिमा युरोपियन गोराहरुले संसारको ३चौथाईभन्दा बढीमुलकहरु र तेहाँका नागरिक र सबै साधनस्रोहरुमा कब्जा जमाएका थिए। अबगत रहोस आजको महासक्तिको नाइके अमेरिका पनि बर्सौंवर्षसम्म बेलायतको गुलाम थियो। यहिअमेरिका आजको १५५ वर्ष पहिले आममानिसहरुमाथि सबैभन्दा बढी अमानवीय ब्यबहार हुने मानवता माथिको क्रुर भन्दा क्रुर र निक्रिस्ट ब्यावहार गरिने मुलुक थियो।जहाँ मानिसहरु यातना खप्न नसकेर कि आत्महत्या गर्थे कि भाग्नसक्ने सम्मका आफ्ना परिवार लगेर जंगलमरुभुमिहरुमा गयभ हुन्थे।धेरै अमेरिकन हरुले त मान्छे हरुलाई सांगलोमा बाँधेर राख्थे।शान्ग्लोमै बाँधेर हाटबजार लागेको ठाउमा बेच्नलान्थे।
आजको दिनमा अस्तित्वमा रहेका सानाठूला करिबन २४० हाराहारीका देशहरुमद्धे कहिल्लै कसैको गुलाम नबनेको सदा स्वतन्त्र मुलुक (वीरनेपाली,सगरमाथा, भिर्कुटी,बुद्ध र सीता जन्मेको हाम्रो देश) नेपाल मात्र हो।यसरी संशारमा बेलायत,फ्रान्स,स्पेन,इटाली अस्ट्रो -हंगेरी, डच आदि र तेस्मा पनि सबैभन्दा ठूलो साम्राज्यवादी देश बेलायत थियो। र दोस्रोमा फ्रान्स स्पेनहुँदै बाँकी युरोपियनहरुको सक्तिको खिचातानी र तलमाथि भएतापनि संसारलाई बाँडेर लुछाचुडी पारेर खाएका थिए। पहिलो र दोस्रो विश्वयुद्धको मूलकारणनै संसारका नरनारी माथिको भौतिक शासन–आर्थिक श्रोत र सम्पदाहरुको ब्रह्मलुट नै थियो।
दोस्रो बिस्वयुद्ध -महायुद्ध पछी संसारको आमुल परिवर्तन भयो। जसमा पश्चिमा गोरा खासमा युरोपियनहरु एकापसमा लड्दै सुरुभएको युद्धसुनामी आमनागरिकहरुको खुन र जीवनलाई बमबारुदले उडाउँदै बिशौं शताब्दीको मध्यभागमा आइपुग्दा युरोप,एसिया,अफ्रिका लगायत संसारका करोडौ निर्दोष नरनारीहरुको जीवन रसातलमा डुबेर संसार करिब नर्कलोक सरह भैसकेको थियो। मानवताको करुण ध्वनि र मानवता बिरुद्धको फासिवादी नाजीवादी हुंकारको रणमैदानमा करोडौं चिनियाँ, निस्छलअफ्रिकन,मावताका पछ्यधर युरोपियनहरु र एसियन अनि खासमा करोडौं रसियन नरनारी राताताराहरुले लासको पहाड उठाएर बिस्वयुद्ध जित्दा युद्ध सुरुहुनुपुर्व ३ करोड डलर ऋण मुनिको अमेरिका आफ्नो देशको बिज्ञान, कला-कौशल र कुटनीतिका कारण अरबौको धनि भयो। दोस्रो बिस्वयुद्धमा मित्र रास्ट्रको सहयोगमा खरो रुपमा उभिएर सहयोग गरेपनि आफ्नोदेशमा एकबुन्द पनि रगत नबगाई पैसामा हतियार र भाडामा शैनिक हातहतियार दिएर धन र शक्तिको नाइके बन्न अमेरिका सफल भयो । यता संसारलाई चिराफारा गरेर लुछ्न पल्केका बेलायत, फ्रान्स, इटाली,जर्मन लगायत पुराना साम्राज्यवादीहरु मानवताको पक्छ्य र बिपक्ष्यमा रगतले होलि खेल्दै करोडौं लासको समाधि,– ध्वंस संरचनाको पुनरनिर्माण,– घाइतेको उपचार- र- मृत आफन्तको शोकमा निसास्सिन्दै आँखा खोल्दा सैकरोडौ रसियन नरनारी र लालताराहरुको बलमा मुसोलिनीको फासिवाद र हिटलरको नाजीवाद-फासीवादको मानवता बिरुद्धको क्रुर सपना बर्लिनको बंकर भित्र इभा ब्राउनको काखमा बार्बोरकोपेस्तोलले उड्दैथियो। विश्वमा १०००रौँ वर्ष जर्मन नस्लले राज गर्ने– सारा सोभियत-कम्युनिस्टहरु,सबै यहुदी र जर्मन बिरोधिहरुलाई जीउँदै अग्निभट्टीमा हेल्नी र पेस्तोलको गोलीले भ्यासम्म भुट्ने र बाँचेका पुरुषलाई दास बनाएर कृषि, उद्धोग र खानीखोदनका दुखद काममा लगाउनि र नारिहरुसब्लाई जर्मन सैनिक हरुको मस्तिका निम्ति यौन दासी बनाउनि हुंकारदिदै युद्ध छेडेका जर्मन तेस्रो राईखःस्टाग करोडौंनिर्दोषहरुका आँशु र रगतका पत्थरले खनेको बंकरभित्र आफ़्नैहातले रगतको रसातालमै समाधिस्थभए। भने त्यसैभवनमाथि रसियन लालताराहरुले हिटलर र पश्चिमा एकाधिकारी पुँजीवादीहरुले सधैं डर, त्राश र ईर्ष्याको आँखाले हेर्नेगरेको हँसिया हथौडाको लालझण्डा फरफराएर संसारका निर्दोष नरनारीहरुको मानवीय चित्कार र पुकारको रक्छ्या गर्दै दोश्रो बिशोयुद्ध जितिएको थियो। एकहिसावले बिस्वयुध्र्दसकिएको थियो। रुज्वेल्त्को मिर्तु पछिको अमेरिकन नेतृत्व र बेलायति पी-यम- चर्चिलको धोम्स नीति,मानवताबिरुद्ध बदलाकोभाव र कुटिल चालवाजीका कारण हिरोसिमा र नागासाकी माथि खसाइएका दुइवटा बम र युद्धमा बेचेका हतियार-रसद्पानि आदिका कारण धन र साधन दुबैमा अमेरिका सम्पन्न र शक्तिशाली हुन पुग्यो।र युरोपियन हरुको हातबाट साम्राज्यवादको लगाम अमेरिकाको हातमा गएन मात्र जापान कोरिया पर्सियन खाडी हुँदै मध्य र पूर्वी एसियासम्म नवसाम्राज्यवाद जब्बरजस्त हावी भयो। सोभियत समाजवादीमोडलको नया र उच्चतम ब्यवस्ताको अन्धोभक्त बिरोधि पश्चिमा पुजिवाद अब अमेरिकाको नेतृत्वमा सोभियत र साराकम्युनिस्ट,अनि कम्युनिस्ट समर्थक व्यक्ति समाज र देशको बिरुद्ध मोर्चाबन्दीमा लाग्यो।
शीतयुद्धकालिन समयदेखि हालसम्म पनि आफ्नो प्रमुख प्रतिस्प्रद्धि मानेको सोभियतयुनीयन जब १९९० मा बिघटन भयो तबत पश्चिमाहरू यति नाङ्गोरुपमै हौसिए कि जनवादी- समाजवादी विचारधाराका लेखक शाहित्यकारहरुका करोडौ लेख रचना कृतिहरु पनि जलाईए। उदाहरणको लागि रसियन लेखक माक्सिम गोर्कीको आमा, फ्रेडरिक क्यास्ट्रो,लेनिन, स्टालिन र माओ लगयातका लेख र कृतिहरु साथै डा- चे को जीवनी र उनकोत लास समेत ३०औं वर्ष गायव पारियो। यसरी जनवाद समाजवाद हुँदै साम्यवाद सम्मको मानवीय मूल्यमान्यता,बिस्व भाइचारा,समानता,न्याय र स्वतान्रा सहितको साशन ब्यवस्थाका बिरोधिहरुले जति निर्सम्स र धोम्सकारी दमन गरेपनि विश्वका अरबौं जनताको आस्थाको धरोहर समाजवादी सु-व्यवस्था रोकिनुको बदला झन् प्रखर र निर्विकल्प भएर स्थापित हुँदै गयो।यसको दर्शन,बिचार,न्यायोचित सुशासनर सामाजिक सु-व्यवस्ता कस्तो रैछ भन्ने मोडालिटी रास्ट्रीय एकता मानबिय भावना पारस्परिक एकता भाइचारा र द्रुत र चमत्कारिक विकासको चिनिया मोडल र सु-शंगठित राज्यव्यवस्थाले देखाएको छ। आजको यहि चिनिया विकाश ,सभ्यता,उन्नति, सक्ति र बैभव अमेरिकाको नेतृत्वमा हावी भएको एकाधिकारी पुंजी ब्यवस्था र नव साम्राज्यवादी व्यवस्थाको मुटुको काँडो घांटीको हड्डीभएको छ जुन इतिहास देखिको आर्थिक, राजनीतिक, भौगोलिक, बैचारिक,दार्शनिक र साम्राज्यवादी ब्रह्मलुटको स्वार्थसिद्ध गर्नेमनसाय बाट प्रेरित पुरानो सोभियतकालिन तुष र इविहो। जुन आज संकटको घडीमा जोडतोडकासाथ नाङ्गो र उदांगो रुपमा ब्रह्माण्डको यो बिशाल मैदानमा एक्लै लाखेनाच देखाइरहेकोछ।
नं ११— अव संसारको भविस्यको लगाम कताजानिछत—-
समग्रमा आज एक्काइसौँ शताब्दीको दोश्रोदसकमा विश्वमाथि आइपरेको यो मानवताको रक्ष्याको चुनौती सामु पनि यिनै पुराना तुष आर्थिक र राजनीतिक स्वार्थ र विस्वमाथिको भविस्यको बर्चस्वको सवालमा आज एकाद पूर्वीविश्वका,केहि पश्चिमेली र मुख्य रुपमा अमेरिकन नेतृत्वले हरेक भएनभएका कुरामा निउखोज्दै अनेकन दोषारोपणमा बाङ्गो र नाङ्गो रुपमा उत्रेको देखिन्छ। संसारमा अनपेछित रुपमा आइपरेको मानवताविरुद्धको महासंकटको घडीमा अमेरिका जस्तो सभ्य धनि र शक्तिशाली मुलुक ले निहित स्वार्थ र दाउपेचमा लागेर प्राण रक्छ्याकानिम्ति हिक्काछोडेर बेडमा रोइरहेका लाखौ निर्दोष मानव जातिकोआँशु र लासमाथि बेपार र राजनीति खेल्नुले अबको बिस्वमा अमेरिका माथिको मानवीय आस्था र बिस्वास सर्लक्कै घटेको छ ।आजको मात्र होइन केहि वर्ष देखि अमेरिकाको सरकार र नेतृत्वले देखाएको तमासा संसारको निम्ति किमार्थ पाच्य छैन।इरान संगको आणविक सम्झौताबाट बाहिरिनु,हरितग्यास उत्सर्जन बाट बाहिरिनु, ब्यापारिक र हरेक कुराले शक्ति सम्पन्नशक्तिशाझेदार मुलुक चीनसंग व्यापारिक तनाव श्रीजना गर्नु , मानविय संकटको यस्तो घडीमा डब्लु-यच-ओ-जस्ता विश्वमावताको पहरेदार साझासंस्थालाइ घुर्काउनु, थर्काउनु,दोषारोपण गर्नु र दिदै आएको सहयोग बढाउनुपर्ने बेलामा रोक्नु जस्ताअपाच्य-अशोभनीय कुकृत्यले गर्दा अमेरिका विश्वमंचबाट एक्लिंदै गएको प्रस्टदेखिंदै आएकोछ।यसै सन्दर्भमा एकत चिनीयानेतृत्व इतिहासदेखिनै आमनागरिक,बाह्यदेश र संसारप्रति सदा उदार,इमान्दार र सहयोगीनै हुन्।भने स्वयम् आफैलाई परेको विपत्तिको बेला पनि आज चिनिया जनता,त्यहाँको समाज, संघसंस्था, धनाढ्य- समाजसेवी व्यक्तित्व र राजनीतिक नेतृत्वले आफ्नो देशका लाखौँलाख महामारीपिडितहरुको जिवन रक्छ्या गर्दै संगसंगै बिस्व मानवताको जीवनरछ्याको लागि विश्वभर अरबौंका सहयोग प्याकेज र लाखौं जनस्वयमसेवक डा- चिकित्सक सहित अहोरात्र खटेका छन् । यसले अवको विश्वको नेतृत्वको अमेरिकन वर्चस्व स्वतः एशिया र खासगरी चिनियाको हातमा पुग्ने निश्चितप्राय भएकोछ।
लेखक: ✍?✍?✍? लालमणी भुसाल “अविलासी “