475 views 0 secs 0 comments

विप्लव समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ…

In समाज
२९ फाल्गुन २०७६, बिहीबार २०:३१

नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ परेका छन् ।
रोल्पाको सनुछहरी गाउँपालिकाका ३९ बर्षीय पूर्णजीत पुन र तनहुँको बन्दीपुर गाउँपालिकाका २१ बर्षीय पर्वतबहादुर सेढाईलाई बुधबार लक्ष्मीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार पुन तनहूँ जिल्ला इन्चार्ज हुन् भने सेढाईं विद्यार्थी संगठनका कार्यकर्ता हुन् । उनीहरु विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी ओमप्रसाद अधिकारीले बताए ।