781 views 0 secs 0 comments

महोत्तरी खोलामा डुबेर एक बालकको मृत्यु…

In समाज
१५ भाद्र २०७६, आईतवार १०:५०

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो. उवेस नट्टका छोरा २ वर्षीय मो. ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो।
मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।