502 views 1 sec 0 comments

बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु…

In समाज
२९ फाल्गुन २०७६, बिहीबार १६:१२

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ ।
पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका-७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिए ।