524 views 0 secs 0 comments

नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा १ पक्राउ…

In समाज
१५ फाल्गुन २०७६, बिहीबार १३:०१

नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् ।
जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा गत माघ २९ गते प्रहरी चेकिङ्गमा परी आफ्नो लाइसेन्स देखाउँदा उनको लाइसेन्स नक्कली भएको फेला परेको थियो । त्यस क्रममा कुसवाहाले आफूसँग ५ हजार रकम लिएर चन्दनले नक्कली लाइसेन्स दिएको प्रहरीसमक्ष बताएका थिए ।
कुसवाहाले चार जनासँग मिश्रले रु ६० हजारका दरले रकम लिएको बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार, धनुषा जिल्ला अदालतबाट चार दिनको म्याद लिई मिश्रविरुद्व थप अनुसन्धान शुरु गरिएको छ ।
मिश्रविरुद्व अन्य उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।