11 views 6 secs 0 comments

ज्यानमारालाई मृत्युदण्ड दिनु पर्छ, किन …?

In समाज, स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०८०, आईतवार ०८:४८

बरु मेरो इज्जेत लुट्न देऊ तर त्यसलाई केही नभन आमा !

आमा: तँ बौलाई लाई के था छ र , यो कस्ताको सन्तान हो भन्ने !

यसको बाउले मलाई लुटेको हो छोरो ले तँलाई आँखा लगाएको छ ।

छोरी : नकाराउ तिमी, तिम्रो जस्तो जमाना छ र अहिले !

आमा : के को मेरो जस्तो नी ! अहिले त धेरै सजिलो छ , यसको बाउ पहिलेको पञ्चे थियो त्यसको मात्रै राज चल्थ्यो र पो हामी बोल्न सकेको थीन्तिम ! अब त यस्ता पञ्चेका जमाना गए ।

यस्का बाले मान्छे मरेका लुटेका बलत्कार गरेका कत्ति केस त २/४ किलो मह र घिउको भरमा मिलायो ! हामी बोले हाम्लाई मार्लान भन्ने डर थियो … अब त देशमा बोल्न पाउने अधिकार आएको छ इनलाई दबाउन त के दिम्ला र…!

बरु मेरो एउटा ज्यान जाला तर यो पञ्चेको सन्तानको गिद्धे नजर महिले सहे पनि तैंले सहने होइन छोरी । फेरि पनि यस्तै गरेर हेर्यो भने खुर्पा लिएर आउँछु, छोड्दै छोड्दिन !

छोरी: किन यति कराएको के आमा तिम्ले कुरै बुझेको छैनउ , त्यो बिरामी बुढा बा ले केही गर्न सक्नु हुदैन,भाई त्यति सानो छ यसले अलिकति मात्र निउ खोजे हामी लाई त मारी हाल्छ नी ।

आमा : मारे मै बुढी लाई मार्ला ! त्यसपछि त्यो जेल गै हाल्छ , त्यो जेल बाट आउने बेला सम्म त तैंले बिहे गरेर पनि भाइ भन्ने छोरो हुन्छ । त्यो बुढो हुन्छ हाम्रो छोरो पनि ठूलै बन्छ त्यसपछि बल्ल हाम्रो घरमा केही सुखको सास फेर्ने दिन आउने छन्। सदै भरी यसको सन्तानको दमनमा कति पुस्ता बाँच्ने हो ! सके यसलाई काट्छु म जेल जान्छु नसके मलाई काट्छ त्यो जेल जान्छ तर अब मैले सहँदै सहन्न, १ सहन्न ! २ सहन्न !! ३ सहन्न !!!

त्यो बुढाको प्राण आज जाने हो कि भोलि जाने हो …

यत्तिकैमा मर्यो भने स्वर्गमा गएर पनि त्यसको बाउले हामीलाई सताएको जस्तै त्यसको छोराले तिमी हरुलाई सताएको देखेर उनको आत्म तड्पिने छ , उनको मन शान्ति हुँदैन …

त्यसलाई तेरो बाउको प्राण छँदै २ टुक्रा बनाउँछु मलाई नछेक!

बाउलाई राम्रो हेरेस, भाइ लाई माया गरेस्…

छोरी : आमा हाम्रो शाखा सन्तान सखाप पार्न सक्छ त्यसले तिमी नजाऊ !!! हामी निर्धो छौँ, निरीह छौँ…

“हामी लाई मारेर तिमीले भने सरी जेल पनि बस्दैन त्यो”

अस्ति हाम्रो क्याम्पसमा कार्यक्रम हुँदा ‘प्रमुख अतिथि’ बनेर आएको थियो । त्यो त अहिले कुन दलको ठूलै नेता भएको छ रे आमा !!!

आमा : होइन कत्ति जान्ने भएकी हो यो ! जति ठूलो नेता भएनी मान्छे मारे जेल त जाला नी … मन्त्रीहरु त अहिले जेल बसेको छन् त्यो कहाँको राजा होर ? यत्रो पढाएर यो छोरीको बुद्धि छि !!! सबै छोरीहरू तँ जस्तै डराएको भए गणतन्त्र कसरि आउदो हो मुलुकमा ! अब त हामी लाई पनि राजा मन्त्री सामानको हक अधिकार छ । सधैं भरी यो शोषकको दमनमा बस्नु छैन बरु मर्न र मार्न किन नपरोस् …

छोरी : कठै बरै त्यो समयमा गणतन्त्र लिउन आमाको पनि केही भूमिका पक्कै रैछ तर यो गणतन्त्र भित्र लुकेका केही घिनलाग्दा क्रियाकलाप हरू आमा लाई कसरी था होस्…

नत इनले मोबाइल चलाउने नत समाचार पढ्ने … अस्ति गणतन्त्र दिवसको दिन राष्ट्रपतिले माफी दिएर कत्ति ज्यानमारा हरू जेल मुक्त भए कठै बरै मेरो आमा लाई के था …

आमा : होइन के सोचेर टोलाइस ?

छोरी : एक छिन है आमा , मोबाइल लिएर आउँछु …

मोबाइलको लक खोल्न मात्रै के पाएकी थी , सोझो इमान्दार भएर राष्ट्रपति द्वारा आम माफी पाएका … ले फेरि एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छन् … राज खानदानको बिहेमा जन्ती गए जसरी ५०/६० ओटा गाडी लिएर ज्यानमारा लाई स्वागत गर्न गएको तस्बिर सामाजिक सञ्जालमा भाइरल थियो हेर्दिन भन्दा पनि आफै देखिन्थ्यो

आखिर यस्ता आपराधिलाई सरकारले किन मृत्यु दण्ड नदिएको हाेला ???

छोरीको मनमा फरक भावनाको पहाड उर्लिएर आयो। 

अब मेरो आमा लाई मारे पनि,मलाई मारे पनि यो राजनीतिक दलको ठूलो मान्छे , जसरी पनि जेल मुक्त हुन्छ र हाम्रो सन्तान लाई कहिले मार्दिने हो भन्ने जीवन भरी डर …

जसरी पनि आफ्नो इज्जेत लुटेर नै छोड्ने वाला थियो !

त्यही मोबाइल बाट एउटा स्टाटस लेख्छिन् : 

“म र मेरो आमा जस्ता धेरै नारीहरू यस्तै पावरवाला ज्यानमारहरुको शिकार बनेका छन्, मुलुकमा संविधान बन्यो तर निमुखा र निरीहहरू अहिले पनि हामी जस्तै धर धरी रुँदै पटक पटकको शिकार भएर जिउँदै मर्न विवस छन् …आज म र मेरो आमा मिलेर फरक इतिहास रच्दै छौँ! हामीले सकियो भने – सफल भएर सरकार सामु इतिहासमा एउटा चेलीको खुकुरी बुझाउन जाने छौँ, सकिएन भने आमा छोरिनै लुटिन , मारिन सक्छौं ”

यही स्टाटस लेखेर छोरी आमा सामु पुग्छिन् !

भित्र गएर अर्जापेको खुकुरी लिएर घद्रक्का ढोका खोल्दा आमा जागेर कहाँ जाना लागेकी छोरी भन्नु हुन्छ !!! छोरी झल्यास्स विउझिन्छिन् र खुकुरी आमाको हातमा दिन्छिन् …

अनि भन्छिन् आमा , छि मता कस्तो सपना देखेको बाई …

लेखक : ‘हो यो सपनामै देखेको सपना हो , तर सपनामा जे देखिन्छ त्यो मन बाट पनि केही प्रभावित हुन्छ ‘ कुनै नेपाली चेलीले विपनामा यो सपना देख्न नपरोस् !

यदि गणतन्त्रले, संविधानले आम माफी दिनेनै भए यो सपनालाई विपनामा देख्ने महान चेलीलाई पनि माफी दिने कोटा खाली गारोस्!!!