
गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले एउटा समाचारको प्रतिक्रिया माग्न जादा म यस पंक्तिकारलाई थर्काएको बिषय सम्बन्धि रिपोर्ट हेरेर बिहिबार राती निदाउन लागेको थिए । एक्कासी त्यो रातीमा फोन आयो । हेरे,..उनै मेयर पन्थीका स्वकीय सचिवको फोन रहेछ,भन्दै हुनुहुन्थ्यो प्रेमजि, भोलि दिउँसो ३ बजे महत्वपूणर् बैठक छ पालिकामा हजुर जसरी पनि आउनुहोला । मैले भने किन भोली म आउने ? आज दिउँसो झै मलाई मेयरले थर्काउनलाई ? होईन, होइन जसरी पनि आउनु होला भन्दै फोन राख्नुभयो । मैले बुझी हाले म माथी मानसिक टर्चर गरिदैंछ ।
दोश्रो दिन बिहान एमाले नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठको फोन आयो । उहाँले भन्नु भयो , -‘हिजो तपाईंको न्युज सुनेर अहिले फोन हानेको हुँ । बढो सहि बिषय उठाउनु भएछ । प्रदेश सरकारले दिएको त्यो करोडौको कोल्ड स्टोरको संरक्षण गर्ने दायित्व स्थानीय सरकारकै हो । रेसुंगा नगरपालिका र धुर्कोट गाउँपालिकामा प्रयोगबिहिन भएर ति कोल्ड स्टोर थन्किनु र जनप्रतिनिधिहरुले प्रदेश सरकारलाई दोष दिने होइन्, आफैले मर्मत सम्भार र संरक्षण गरिनुपर्छ । यो र यस्ता विषय थुप्रै छ अझ गहिरोसँग उठाउनुहोला यस्ता कुरा उठाउनमा मैले देखेको तपाईं नै हो ।’ उहाँको त्यो भनाईले उर्जा प्रदान गर्यो मलाई ।
म रेसुङ्गा नगरपालिकामा राज्यको करोडौं रकम खर्चेर निर्मित तर प्रयोगविहिन अन्य विकास योजनाको रिपोर्टङ्ग गर्दै थिए । सोही बेला फेरि मेयर पन्थीका उनै स्वकीय सचिवको पटक-पटक फोन आयो । मैले म आउन्न तर मेरो मान्छे पठाएको छु भनेर फोन राखे । फेरि एक जना पत्रकार साथीको फोन आयो छिटो आउनुस कार्यक्रम सुरु हुन लाग्यो ।
हुन्छ मात्रै भने म गइन् । केहिबेर पछि उनै मेयर पन्थीको फोन आयो छिटो आउनुस भनेर । मैले किन हिजो जस्तै थर्काउन हो ? भने पछि उहाँ हाँस्नु भयो र म हार्न नसकेर पुगे । कार्यक्रमको सुरुवात मेयर पन्थीले बढो सालिनढङ्गसंग गर्नुभयो ।
त्यस पछि नियोजित योजना अनुसार जस्तै पटक – पटक मेयर पन्थीले मेरो नाम लिदंै गुल्मी अस्पतालका डाक्टर मेरा दुईटा समाचारका कारण बस्न नसकेको सन्देश दिने गरि प्रस्तुत हुनुभयो । गुल्मी अस्पतालको सुधारका लागि सर्वपक्षीय बैठक बोलाईएको रैछ भन्ने मेयर पन्थीको सुरुको प्रस्तुतिले लागेको थियो । तर अघिल्लो दिन राती मैले जे सोचेको थिए ठ्याक्कै त्यस्तै भयो । मेयर पन्थी नेपाली काग्रेसको पार्टी सभापति पनि हो । उहाँ विपरित दलको नेताले पनि मलाई नै कोड गर्नु भइरहेको थियो ।
कसले बनायो डाक्टरलाई रुदै जिल्ला छाड्ने ?
गज्जब छ बा ! मैले त्यो न्युज लेखेको तीन महिना भयो क्यारे । जबकी म काठमाण्डौ छँदा त्यसै गुल्मी अस्पतालमा एउटी बालिकाको मृत्यु प्रकरणमा वडाध्यक्ष जस्तो जिम्मेवार मान्छेले नै डाक्टरलाई हातपात गरेको भन्ने कुरै निकालिएन । जबकी त्यो हातपातबाट मेसु डा.राजेन्द्रबहादुर क्षेत्री रुदैं अस्पताल छाडेर हिडेको कुरा अहिलेसम्म चर्चामा छ ।
त्यस दिनयता गुल्मी अस्पतालका डाक्टर असुरक्षित छन र प्रहरी सुरक्षाको माग गरिरहेका छन । त्यो कुरालाई डाइभर्ट गर्न एउटा समाचारदातालाई निशाना बनाईदैं थियो बैठकमा ।
जिम्मेवार स्थानिय सरकार प्रमुख पन्थी, प्रदेश सांसद डिल्लिराज भुसाल र जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीका सामु के सम्म भनियो भने अब आइन्दा गुल्मी अस्पतालमा भ्रष्टाचार नै भए पनि समाचार नलेख्नु । यो भनाईले निकै गम्भीर बनायो ।
किन मुख्य बिषयमा मौन ?
ती बालिकाको मृत्यु प्रकरणका बिषयमा जिल्ला प्रशासनले छानवीन समिती गठन गरेको थियो । त्यसबारे सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बैठकमै हुनुहुन्थ्यो । तर उहाँ ट्वाल्ल परेर बस्नु भयो । केही बोल्नु भएन । छानबिन समितिको प्रतिवेदन के आउला भनेर जनता प्रतीक्षा छन् । तर त्यो कुरै निकालिएन । मैले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिलाई फोन गरेर सोधे ती बालिकाको मृत्यु प्रकरणको छानबिन समितिको प्रतिवेदनमा के छ ? सर भनेर उहाँले सोध्दा उहाँले भन्नुभयो, ‘प्रतिवेदन नै आएको छैन । अनि यहाँ त गुल्मी अस्पतालमा अब भ्रष्टाचार नै भए पनि समाचार नलेख्नु भछन् नि सिडियो साव् भनेर मैले भन्दा उहाँ हास्दै भन्नुभयो, डाक्टरहरुले बढी भत्ता खाए भनेर पो बढी न्युज नलेखौ भन्ने हो तर आर्थिक हिनबिनाको कुरामा पनि छाड्न हुन्छ र ? ।
यता बैठकमा एक जना पुर्व पत्रकार र हाल कुनै दलको नेताले त हाईलाईट हुनका लागि गुल्मी अस्पतालको समाचार लेख्नेहरुलाई कडा चेतावनी दिने शैलिमा प्रस्तुत भए । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले त यस अघिका कुरा नकोट्याउन चेतावनी दिए । भ्रष्टाचारका बिषय बर्षौपछि पनि उठेका ज्वालन्त उदाहरणहरु छन् । तर पुराना कुरा कोट्याउनै हुन्न भन्ने के छ ?, अहिले त्यस अस्पतालमा हाडजोर्नी डाक्टर प्रदिप सिवाकोटीले प्रवाह गरेको सेवा जनस्तरबाट निकै प्रशंसा भैरहेको छ । स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा लगायतका डाक्टरहरुको पनि निकै प्रशंसा भैरहेको छ, जुन त्यस बैठकमा पनि सरोकारवालाले खुलेर प्रशंसा गरे ।
प्रदेश सासद भुसाल र जिल्ला समन्वय प्रमुख खत्रीले भने समाचार लेख्ने नलेख्ने बिषयमा केही बोलेको पाईएन् ।
सबको मन छोयो डाक्टर सोफियाको भनाईले
बैठकको अन्तिम तिर निमित्त मेसु डाक्टर सोफिया थापाको भनाईले निकै मन छोयो । उहाँ भन्दै, -‘हुनुहुन्थ्यो तपाईंहरु हामी डाक्टरहरुको मनोबल उच्च राख्न त भन्दै हुनुहुन्छ तर मनोवल बजारमा किन्न पनि पाईएन ।’ उहाँको त्यो भनाईले देशभरका स्वास्थ्यकर्मीहरुको पिडा बेदनाको प्रतिनिधित्व गरिरहेको थियो । अझ उहाँको अर्को घतलाग्दो भनाई यस्तो थियो तपाईंहरु हामी डाक्टरहरुलाई भर्खरै भगवान बनाएरहुन्छ । सरकारी वा गैरसरकारी निकायका विरुद्ध जनस्तरबाट आवाज उठेपछि आफुहरुले सम्बन्धित पक्षसँग कुरा राख्नु र तत्काल दुई पक्ष मेलमिलाप गरे त्यो समाचारको विषय हामीलाई बनाउन जरुरी छैन् । तर समाधान नभई पीडित भनिएको पक्षले मिडियाको सहारा मागे विषय उठान गरिदिनु हाम्रो कर्तव्य हो । त्यो समाचारका लागि जो बिरुद्ध जुन विषयमा गुनाँसो आएको छ त्यो सम्बन्धित पक्षको प्रतिक्रिया राख्नु पनि कर्तव्य हो । जहाँसम्म आजभन्दा झण्डै तीन महिना अघि लेखिएको समाचारको विषय बाहिरिएको दुईदिनमै सम्बन्धित डाक्टर, जिल्ला समन्वय प्रमुख खत्री, उनै मेयर पन्थी लगायतका नेतृत्व बसेर मिलेको विषय थियो । डाक्टरहरु काममा लाग्नुभएको थियो । त्यसपछि तत्कालिन मेसु क्षेत्रिले रिपोटिङ्ग गर्न पुगेका हाम्रा साथीहरुलाई पनि झपारेर पठाएको कुरा बुझ्दा हुन्छ । त्यस यता गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरणको जुन घटना घट्यो म त्येति बेला काठमाण्डौ हुँदै बुटवल आइरहेको थिएँ । पहिलो दिनको समाचार जिल्लाका साथीहरुले जे लेखे मेरो मिडियामा पनि त्यही गयो । त्यसपछि मैले त्यस घटनाको फ्लोअप नै गर्न पाइँन । बैठकमा एक नेता भन्दै हुनुहुन्थ्यो, डाक्टरभन्दा माथिल्लो तहले पो डाक्टरले लाप्रवाही गरे/नगरेको पुष्टि गर्न सक्छ । तर यहाँत पत्रकारहरुले डाक्टरको लाप्रवाहीका कारण बालिकाको मृत्यु भयो भनेर लेख्छन् । कहाँ निर कस्ले लेख्यो ?, पत्रकारहरुले त्यसरी कहिल्यै पुष्टि गर्दैनन् । ती बालिका मृत्यु प्रकरणमा पनि गरेका होइनन् । लेखेका थिए, डाक्टरको लाप्रवाहीका कारण बालिकाको मृत्यु भएको आफन्तजनले आरोप लगाउँदै गुल्मी अस्पाताल घेराउ गरेका छन् । आखिर त्यति पनि नलेखिदिने ?, भलै त्यस घटनामा डाक्टरको लापर्बाही नभएको छानबिन समितिको प्रतिवेदनले बताउँला । तर पनि बालिका गुमाएका परिवारजनको पीडामा त्यो समाचार मलपट्टी बन्न पनि सक्छ । कतिपय ठाउँमा डाक्टरले जानीजानी पक्कै गर्दैनन् । भुलवस कतिपयको पेटमा शल्यक्रिया सामग्री रहेको पनि भेटियो । कतिपय अवस्थामा डाक्टरको लाप्रवाहीले पनि ज्यान जान सक्छ । आफन्तजनको आग्रहमा हामीले सन्तुलित ढंगले समाचार आधिकारीक मिडियामा पस्किएका हुन्छौं । त्यही समाचार युटुब लगायतका सामाजिक सञ्जालमा अतिरञ्जित पािरन्छ भिडलाई भड्काइन्छ । वास्तवमा पछिल्लो चरण भएकै त्यही हो । कतिसम्म गरियो भने ति बालिकाको मृत्यु प्रकरण विरुद्धको आन्दोलनमा दुई जना युवा जलेर घाइते समेत बन्न पुगे । जलिरहेको भिडियो र फोटो सामाजिक सञ्जालमा राखेर घटनालाई अर्के मोड र रंग दिइयो । आखिर त्यो कुरा गुल्मेली पत्रकारहरुले त राखेका थिएनन् । पूर्व मेसु डाक्टर उत्तम पच्याको पेशागत क्षमतामा कहिल्यै हामीले प्रश्न उठाउनै परेन् । उहाँको खटन प्रंशसनीय नै थियो । तर व्यवस्थापकीय पक्षमा एकलौटी गरेको, आरोप आइरहेको थियो तर हामीले त्यसलाई कोट्याउने जमर्को गरेनौं, उहाँ त्यो समाचारको महिनौं पछि सम्म बस्नुभयो । समाचारकै कारण उहाँको मनोबल गिरेर गएको भन्ने पाइएनँ, बरु उहाँ हिडेपछि यसै पंक्तिकारको मिडियामा उहाँले पुर्याएको योगदानको चर्चा गरिएको थियो । उहाँले धन्यवाद प्रेम जि भनेर म्यासेज पठाउनुभएको थियो । गुल्मी अस्पतालमा अझ उच्चस्तरको सेवाप्रवाह गर्ने र गुल्मेलीहरुलाई ठुलो गुन लगाएर जाने डाक्टर हुनुहुन्थ्यो काशिम शाह निकसाइमनबाट खटिनुभएका उहाँले पुर्याएका योगदानबारे पनि हामीले थुप्रै पटक कलम चलायौं । उहाँले पछिसम्म पनि हामीलाई भुल्न सक्नुभएको छैन् । र हामीले पनि उहाँलाई भुल्न सकेका छैनौं । राम्रो काम गर्नेको हौसला बढाउनुपर्छ भन्ने कुराप्रति हामी अनविज्ञ छैनौं । सानातिना गल्ती कमजोरी कोट्याएर कसैको मनोबल गिराउने सोंच पनि कहिल्यै राखेनौं । थुप्रै यहाँ आउने र जाने थुप्रै सिडियो, कार्यालय प्रमुख र सुरक्षा निकायका प्रमुख समेत हामीबाट सहयोग पाएर अवार्ड समेत हात पारेका छन् ।
हुनसक्छ कतिपय समाचारले असर गर्न पनि सक्छ । वा डिस इन्फरमेशनले समाचार गलत पनि हुन सक्छ । कान्तिपुर मिडिया पनि गलत सुचनाको सिकार भएका उदाहरण छन् । एक महिलाले बाटोमा भेटाएको पैसा सम्बीन्धतलाई लगेर बुझाइन् भनेर त्यो पत्रिकामा समाचार छापिएर सम्मानित समेत भएकी थिइन् तर त्यो पछि झुट सावित भयो । गलत सुचनाको सिकार रवी लामिछाने जस्ता पत्रकार पनि भएकै हुन् । त्यस्ता कुरामा हामी सचेत हुन जरुरी छ । अनि त्यो अखण्डन गर्न पनि जरुरी छ ।
- सुझाव दिउ , समाचार रोक्ने चेष्टा नगरौ
यस क्षेत्रमा काम गरेको लामो अनुभव छ, केही कुरामा सचेत र अनुभवी भएपनि हामी हर क्षेत्रका मान्छे सधैंव सिकाइकै चरणमा छौं भन्ने सोच्छौं । समाजका बौद्धिक जमात र नेतृत्वले दिने कतिपय सुझावले हामीालाई अगाडी बढ्न सघाउँदै आएको छ । त्यो अपेक्षा गरिदैं पनि छौ । तर अस्पताल होस् या कुनै पनि सरकारी गैरसरकारी निकायको बेतिथि, कमजोरी बिरुद्ध समाचार नै नलेख भन्ने कुराले लोकतन्त्र, सुशासनको धज्जी उडाउँछ । कृपया यस्ता सुझाव नदिनुुहुन अनुरोध गर्दछु । अर्को कुरा धेरै जसो बिषय रिपोर्टर आफैले उठाउदै मिडिया निर्देशित बिषय वस्तु हुन्छ्न । हामी चाहेर पनि रोक्न सक्दैनौ ।
अन्त्यमा कृपया डा.सावहरु तपाईहरुको चर्चा राम्रै सुनिएको छ, राजनितिक प्रभावमा पर्नुभएको छैन् भन्ने पनि सुनिएको छ । आगामी दिनमा पनि त्यही सुनियोस् । बढो आत्मविश्वासका साथ पेशागत धर्म निभाउँनुहोला । तपाईहरुको उच्च मूल्याङ्कन कोर्ने उत्साह यी हातहरुमा सधैं रहीरहनेछ । धन्यवाद् । प्रेम सुनार, गुल्मी।