525 views 0 secs 0 comments

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ…

In समाज
७ माघ २०७६, मंगलवार १२:५४

आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 
महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।