659 views 0 secs 0 comments

गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ…

In समाज
७ माघ २०७६, मंगलवार १२:३७

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ ।
सोमबार सपहीको मेन रोडमा रहेको अमरज्योति लज एन्ड गेस्ट हाउसबाट दिउँसो ४ बजेको समयमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ । उक्त गेस्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।