
वीरगन्जको २४ बहुअरीमा तरकारीमा वि’षादी हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई वि’षादी राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्।
बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिका देवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच लफडा भएको थियो।
त्यही लफडाको रिसमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अ’ल्मु’नियम फ’स्फे’ट नामक वि’षादी हालेकी थिइन् । वि’षादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन् ।
वि’षादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगन्जको तराई हस्पिटलमा पुर्याइएको थियो । तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको मृत्यु भएको हो ।
वि’षादी हा’लिएको तरकारी खाँदा राधिकाका छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राती थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।