538 views 0 secs 0 comments

टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ…

In समाज
२ पुष २०७६, बुधबार १३:१९

सूर्यविनायक नगरपालिका-४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 
पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको  हो । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।