477 views 0 secs 0 comments

चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ…

In समाज
२१ कार्तिक २०७६, बिहीबार १९:०५

काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।
‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।’
थापाले पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको बताए ।