
धादिङकी एक महिलाको हत्यामा संलग्नको आरोपमा प्रहरीले तिनका श्रीमानसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सिद्धलेक गाउँपालिका–३, आमकोटकी २० वर्षीया अनिषा तामाङको शव मंसिर १० गते सेफ्टीट्याङ्कीमा फेला परेको थियो । तामाङको हत्यामा संलग्नको आशंकामा प्रहरीले २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरेको छ । पक्राउ परेका अर्जुन अनिषाका श्रीमान् हुन् ।