487 views 0 secs 0 comments

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो…

In देश
२९ मंसिर २०७६, आईतवार १२:१७

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।