421 views 0 secs 0 comments

एउटै टोलमा सात सय बोट गाँजा नष्ट…

In समाज
२६ मंसिर २०७६, बिहीबार १६:३९

जिल्ला प्रहरी कार्यालय खोटाङले एउटै टोलमा सात सय बोट गाँजा नष्ट गरेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान चलाउँदै आएको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा लगाइएको अनुमानित सात सय बोटभन्दा बढि गाँजा नष्ट गरेको हो। ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए।
मंसिर पहिलो साता मात्र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको ३ हजार ६ सय बोट गाँजा फँडानी गरेको प्रहरीले पुनः हैदेमा अवैधरुपमा लगाइएको गाँजा नष्ट गरेको हो। हत्तपत्त प्रहरी पुग्न नसक्ने क्षेत्रमा गाँजा लगाइएको जानकारीका आधारमा प्रहरी सो क्षेत्रमा पुगेको थियो।
प्रहरीले गत कात्तिक २४ गतेदेखि तीन दिन लगाएर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा करिब १० हजार बोट गाँजा नष्ट गरेको थियो। गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ।