650 views 0 secs 0 comments

मोटरसाइकलको सिटमुनी लुकाएर अवैध लागूऔषध चरेश बरामद…

In देश
२६ मंसिर २०७६, बिहीबार १७:११

सशस्त्र प्रहरीले पर्साबाट मोटरसाइकलको सिटमुनी लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको छ ।
जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोला क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ११ केजी चरेश बरामद गरेको हो ।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा सो परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिए ।सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायडु नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बीआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए । पछि चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनी चरेश भेटिएको थियो ।