
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । फलदायी यात्रापनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्ला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज मगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
महत्त्पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइएला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलतापनि मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल