428 views 0 secs 0 comments

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ …

In समाज
१२ मंसिर २०७६, बिहीबार २१:२७

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार भट्टराईलाई अन्जनी ओभरसिजका सञ्चालक सरावगीले हुण्डी गर्न अवैध रकम ३० लाख दिएका थिए । थप ८ लाख १२ हजार नगदसहित अन्य विभिन्न व्यक्तिको नाममा काटिएको चेक पनि उनको साथबाट बरामद भएको थापाले बताए ।