२१ कार्तिक , काठमाडौं ।
आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमाछलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ ।