617 views 0 secs 0 comments

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा पत्रकारहरुको प्रदर्शन…

In देश, समाज
३ जेष्ठ २०७६, शुक्रबार १५:१७

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो।

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरीमिडिया काउन्सिलविधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ।