49 views 0 secs 0 comments

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

In देश, विश्व
२१ कार्तिक २०८०, मंगलवार ०६:१८

२१कार्तिक , काठमाण्डौ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकोछ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमितबुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकोछ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा उच्च पहाडी तथा हिमाली भूभागका एकदुईस्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी  प्रदेश गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।